Logo २०७९ चैत्र ११ शनिबार
मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

मातृभूमिको उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह


infotainment प्रकाशित मिति : शनिबार, कार्तिक १३ २०७८

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतमा रहेका गैरआवसीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली सङ्गठन यूके शाखाको आयोजनामा आज यहाँ भएको कार्यक्रममा उहाँले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई के–के सुविधा दिनुपर्ने हो त्यसका निम्ति सरकार तयार रहेको बताए ।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्तिलगायत समस्या राजनीतिक दलको सहमतिमा संसद्बाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

गैरआवासीय सङ्घ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सोही शाखाका शाखा अध्यक्ष प्रेम गाहामगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६)अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डनमा रहेका प्रधानमन्त्री आजै नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend