Logo २०७९ चैत्र ११ शनिबार
प्रदेश-१ को नामकरण ‘किरात’ प्रदेश नै किन ?

प्रदेश-१ को नामकरण ‘किरात’ प्रदेश नै किन ?


infotainment प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८

✍️ शान्तिराज राई,

चोमोलुङमा(सगरमाथा)को उत्पतिपछि कालान्तरमा भूमिपुत्र खम्बु जातिको उत्पति चोमोलुङमा क्षेत्रमा नै भएकोले अहिले पनि विश्व इतिहासमा खुम्बु क्षेत्र नामकरण गरि लेखिएको छ । स्थानीय शेर्पा भाषामा खुम्बु क्षेत्रलाई (खुम्जुङ)पनि भन्ने गरेको छ । यस तथ्यबाट खम्बु जाति यहि धर्तिमा उत्पति भएको पहिलो मानव नै हो भन्ने पहिचान देखिन्छ ।

विद्घवानहरुको भनाइ अनुसार एशियाको मध्य अग्लो भू-भागबाट मानव जातिको बिकाश भएको हो मानव जातिको बिकाशक्रमको लामो कालखण्डमा खम्बु जातिकै पुर्खाहरुले एशिया देखि यूरोप हुँदै अफ्रिकासम्म आफ्नो जातिय गणहरु फैलाउदै गए । कालान्तरमा त्यहि जातिय समुहलाई फारसीहरुले किरियत,हिन्दू आर्याहरूले कैलाती र अंग्रेज इतिहासकारहरुले किरात भनी नामकरण गरे ।

शान्तिराज राई

भारतका विद्घवान कमला साँस्कृतियनका अनुसार पश्चिम लदाग देखि नेपाल, आसाम, नागाभूमि, बर्मा हुँदै कम्बोडियासम्म बसोवास गरेका मंगोल मुलका भोट बर्मेली भाषा परिवारका सबै जातिहरुलाई महान किरातका बंशहरु हुन भनेका छन् ।

उनैका भनाइअनुसार नेपालको पश्चिममा बसोवास गर्ने भोटे ,मगर, गुरुङ, विचमा बसोवास गर्ने तामाङ, नेवार, शेर्पा दक्षिणमा बसोवास गर्ने राज किरात, थारु,दनुवार र पुर्वी भागमा बसोवास गर्ने राई, लिम्बू, धिमाल, मेचे, कोचे आदि सबै महान किरात बंशका शाखा, उपशाखा हुन् । यसै आधारमा भन्ने हो भने समग्र नेपाल नै किरात राष्ट्र हो भन्न सकिन्छ ।

राणा शासकहरुको उदय भएपछि बनेपा देखि सुनकोसी सम्मको भूभागलाई वल्लो किरात, सुनकोसी देखि अरुणसम्मको भूभागलाई माझ किरात र अरुन देखि मेचिसम्मको भूभागलाई पल्लो किरात भनी प्रशासनिक इकाईको गठन गरि शासन गरेका थिए ।

पृथ्वीनारायण शाहको उदय पछि भुमिपुत्र खम्बुका किरात जातिहरुलाई आफ्नै उत्पति थलो जन्मभूमिमा शाह र राणा शासकहरुको आन्तरिक उपनिवेशीकरणको शासन सत्ताले राजनैनिक अधिकारमाथि, दमन आर्थिक अधिकारमाथि शोषण ,सामाजिक र साँस्कृतिक अधिकारमाथि विभेद र उत्पीडन मच्चाउदै आयो । यो क्रम २५० बर्षसम्म निरन्तर चलिनै रह्यो ।

शोषण, उत्पीडन, दमन र विभेदमापरेका उत्पीडित जातिहरुको लामो समय देखिको निरन्तर जनविद्रोह, जनसंघर्षको राप, ताप दबाबले वि।सं २००७ सालको जनक्रान्तिबाट राणा शासकहरुको जाहानिय शासन सत्ताको अन्त्य भयो ।

विभिन्न चरणको आन्दोलन र ६२,६३ को जनआन्दोलनले शाहवंशीय निरंकुश राजतन्त्रको अन्त्य गरि बि.सं. २०७२ सालमा नेपालको संविधानले हामी सार्वभौम सत्तासम्पन्न नेपाली जनता भनी अक्षरस स्थापित गरेको छ । भने देशले विना नामको ७ (सात) प्रदेश पाएको छ ।

अंतत भरखरै प्रदेश नम्बर २ ले पहिचानको आधारमा आफ्नो प्रदेसको नाम मधेस राखे संगै अब पालो १ नम्बर प्रदेशको काधमा आएको छ । इतिहास, भुगोल र जनभावानाको कदर गर्दै किरात प्रदेस नामकरण गर्न ढिलाई गर्नुहुन्न ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend