Logo २०८० असोज १४ आइतबार
नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै


infotainment प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८

काठमाडौं । नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सँग पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो ।

नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।

एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए ।

यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए ।

यसअघि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए ।

बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । नेपालले तेस्रो स्थानका लागि बिहीबार ओमानसाग खेल्नेछ ।

जारी प्रतियोगिताबाट युएई र आयरलैण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । आयरल्याण्डले आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend