Logo २०८० असोज १४ आइतबार
खेलकुदमा निखारता दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

खेलकुदमा निखारता दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री देउवा


infotainment प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याए ।

“खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भने, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।”

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताए । उनले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएको पनि खुसी व्यक्त गरे ।

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताए । उनले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गरे । खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैरआर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्वपूर्ण पक्ष रहेको उनले बताए । उनले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमितामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको आवश्यकता औँल्याए ।

खेलकुदका क्षेत्रमा राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न प्रकारका राष्ट्रिय तथा प्रादेशिकस्तरका खेल आयोजना गरी निरन्तररुपमा खेलाडीको प्रतिभालाई तिखार्ने अवसर दिलाउन परिषद्लाई निर्देशन दिए ।

नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिए । उनले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend