Logo २०८० असोज १४ आइतबार
सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने क्यानको निर्णय

सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गर्ने क्यानको निर्णय


infotainment प्रकाशित मिति : बिहिबार, भाद्र २३ २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।

वि.सं. २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो । तर, नाबालिग बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेसँगै उनलाई क्यानले निलम्बन गर्ने निर्णय गरेको हो ।

१७ वर्षीया एक नाबालिगले गत मंगलबार मात्रै लामिछानेविरुद्ध बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी छन् । प्रहरीले बुधबार (हिजो) जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पूर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ (क्यान)मार्फत् लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । तर, क्यानमार्फत् लामिछाने नआए इन्टरपोलको माध्यमबाट नेपाल ल्याइने प्रहरीको भनाइ छ ।

लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोवी प्रस्थान गरेका थिए । त्यतैबाट उनी सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका हुन् । लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend