Logo २०८० जेष्ठ १७ बुधबार
‘ईलेक्ट्रोनिक र प्रविधिजन्य सामान’काे खरिद केन्द्र बन्दै नेपब्राण्ड डटकम

‘ईलेक्ट्रोनिक र प्रविधिजन्य सामान’काे खरिद केन्द्र बन्दै नेपब्राण्ड डटकम


infotainment प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९

काठमाडौं। गुणस्तरीय र विभिन्न लोकप्रिय ब्राण्डका विद्युतीय सामग्रीहरु एकै ठाउँमा घरबाटै किन्न सकिने ईकमर्स कम्पनी नेपब्राण्ड डटकम (Nepbrand.com)ले आफ्नो सेवा सुरु गरेको छ ।

नेपालमा फष्टाउँदो अनलाइन किनमेलको बजारमा उपभोक्ताहरुले गुणस्तरीय सामान पाउन हैरानी खेपिरहेका बेला यो समस्या समाधान गर्ने उद्देश्यका साथ कम्पनी बजारमा आएको हाे ।

प्रविधिको द्रुत विकाससँगै दैनिक जिवनका थुप्रै महत्वपूर्ण कामहरु डिजिटल प्रविधि मार्फत हुन थालेका छन् ।

विश्व बजारमा झैं नेपालमा समेत पछिल्लो दशकमा ईकमर्स अथवा इन्टरनेटमार्फत गरिने किनमेलले पनि आम नेपाली नागरिकको जीवनलाई छोइसकेको छ ।

नेपालमा अनलाइन किनमेलको संस्कृति विकसित हुँदै गइरहेका बेला उपभोक्ताहरूलाई सहजरुपमा गुणस्तरीय छनौटको सेवा प्रदान गर्ने उद्देश्यका साथ नेपब्राण्ड डटकमले सेवा सुरू गरेकाे छ । नेपब्राण्डले सम्पूर्ण ब्राण्डका ईलेक्ट्रोनिक एवं प्रविधिजन्यसामग्री उपलब्ध गराउँछ ।

अनलाइन किनमेल बढ्दै जादा मानिसहरुलाई विश्वासिलो, भरपर्दो र गुणस्तरीय सामग्री छनौट एवं पहिचानका लागि कठिनाइ हुन थालेको छ। कयौं उपभोक्ता एवं ग्राहकहरुले विश्वासिलो र समयमै सेवा नपाएको गुनासो गर्दै आएका छन् ।

यस्तो अवस्थामा काठमाडौं उपत्यकाको हकमा आवश्यकता अनुसार एक दिनमै डेलिभरी गर्ने र उपभोक्ताले रोजेको एवं चाहेको ब्राण्डको सामान उत्पादक एवं बितरकबाट सोझै ग्राहकलाई उपलब्ध गराउने दाबी नेपब्राण्ड डटकमले गरेको छ ।

यसबाहेक, कम्पनीले पूर्णरुपमा ईलेक्ट्रोनिक एवं प्रविधिजन्य सामग्रीको मात्रै सेवा प्रदान गर्ने जनाएको छ । प्रविधिजन्य सामग्रीहरु दैनिक जिवनमा अत्यावश्यक हुँदै गइरहेका बेला यस्ता सामग्रीको गुणस्तरीय सेवा पनि उत्तिकै आवश्यक भएका कारण ईलेक्ट्रोनिक एवं प्रविधिजन्य सामग्रीको सेवा मात्रै प्राथमिकतामा राखेकाे कम्पनीको भनाइ छ ।

ईलेक्ट्रोनिक सामग्रीहरुको अनलाइन हबका रुपमा नेपब्राण्डले हरेक ब्राण्डका सामग्रीहरु उत्पादककर्ताबाट एवं आधिकारीक बितरकबाट उपलब्ध गराउँछ, यसरी उपभोक्तालाई गुणस्तरीय सेवा दिन सकिने कम्पनीको विश्वास छ ।

नेपब्राण्डमार्फत प्रमुख ब्राण्डका मोबाइल, कम्प्युटर, ग्याजेट, स्मार्ट वाच, बड्स, स्पिकर, माइक्रोफोन, क्यामेरा, गेमिङ सामग्री एवं घरायसी उपकरणहरुलगायतका सम्पूर्ण डिजिटल एवं अन्य प्रविधिजन्य सामग्री खरिद गर्न सकिन्छ ।

नेपब्राण्ड डटकम (NepBrand.com) वेबसाइटबाट कम्पनीको सेवा लिन सकिन्छ। पूर्णरुपमा ईलेक्ट्रोनिक सामग्रीहरुको सेवा दिने उद्देश्यले आएको नेपब्राण्ड डटकमले प्रविधिजन्य ईकमर्सका रुपमा अग्रणी स्थान लिँदै सेवा दिने लक्ष्य राखेको छ ।

Branded-Content

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend