Logo २०८१ बैशाख ८ शनिबार
प्रचण्ड, अर्थमन्त्री शर्मा र इन्द्र आङ्बो सोलुखुम्बु आउँदै, अस्पतालसँगै विभिन्न भवनको उद्घाटन गरिने

प्रचण्ड, अर्थमन्त्री शर्मा र इन्द्र आङ्बो सोलुखुम्बु आउँदै, अस्पतालसँगै विभिन्न भवनको उद्घाटन गरिने


infotainment प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९

सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश १ का आर्थिक तथा योजनामन्त्री इन्द्र आङबो सोलुखुम्बु आउने भएका छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीमा सुविधा सम्पन्न दूधकोशी सामुदायिक अस्पताल, थुलुङ दूधकोशीको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालयको भवन उद्घाटनका लागि अध्यक्ष दाहाल, अर्थमन्त्री शर्मा र प्रदेशमन्त्री आङ्बो सोलुखुम्बु आउन लागेका हुन् ।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार निर्माण कार्य सम्पन्न भएको दूधकोशी सामुदायिक अस्पताल, थुलुङ दूधकोशीको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालयको भवन उद्घाटनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, अर्थमन्त्री शर्मा र प्रदेश १ का आर्थिक तथा योजनामन्त्री आङबोले संयुक्त रुपमा उद्घाटन गर्न लागेका हुन् । ‘दूधकोशी सामुदायिक अस्पताल’को असोज ३ गते औपचारिक रुपमा उद्घाटन गर्न लागिएको हो ।

जसको लागि माओवादीका अध्यक्ष दाहाल, अर्थमन्त्री शर्मा र प्रदेश मन्त्री आङ्बो सोलुखुम्बु आउने निश्चित भएको अध्यक्ष राईले जानकारी गराएका छन् । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री शर्मा र प्रदेश १ का अर्थ तथा योजनामन्त्री आङ्बोका साथै संघीय सांसद हेम कुमार राई र माओवादी केन्द्र सोलुखुम्बुको जिल्ला समन्वय समितिका संयोजक एवं थुलुङ दूधकोशीका अध्यक्ष असिम राईलगायतका विशेष ब्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

१८ महिनाभित्र अस्पतालको भवन निर्माण कार्य सम्पन्न गर्ने गरी रौताकुँवर जेभीले १० करोड १० लाख ७२ हजार ७ सय ५३ रुपैँयामा ठेक्का पाएको थियो, भने २०७६ साल २८ मंसिर बाट निमार्ण कार्य सुरु गरेको थियो । तर, कोरोना महामारी र त्यसलाई नियन्त्रणका लागि सरकारले देशब्यापी लागू गरेको लकडाउनका कारण अस्पतालको भवन निर्माण कार्य सम्पन्न गर्न केही ढिलाइ हुन पुगेको थियो ।

गाउँपालिका अध्यक्ष असिम राईले उक्त अस्पताल सञ्चालनमा आएपछि सोलुखुम्बुसहित छिमेकी जिल्ला खोटाङ, ओखलढुगां लगायतका नागरिकले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने बताएका छन् । अध्यक्ष राईले नागरिक स्तरबाट निर्माण गरिएको यो अस्पताल प्रदेश १ कै पहिलो भएको दाबी गरेकन छन् । यस अस्पताल निर्माणका लागि महायज्ञको समेत आयोजना गरिएको थियो । असोज ३ गतेबाट नियमित रुपमा सेवा प्रदान हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend