Logo २०८० असोज १४ आइतबार
विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै

विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदै


infotainment प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९

काठमाडौं । विश्व फुटबलको कूम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ ।

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।

कतार र इक्वेडर दुवै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रनेछन् । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ ।

आयोजक कतारको समूहमा नेदरल्याण्ड, इक्वेटर र सेनेगल छन् । विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

कतारका आठ वटा रङ्गशालामा आयोजना हुने विश्वकपको समूह ‘बि’मा इङ्ग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सि’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन् ।

त्यस्तै समूह ‘डि’मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् । समूह ‘इ’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान छन् । यसैगरी समूह ‘एफ’मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जि’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् ।

समूह एचमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । विश्वपकपको फाइनल खेल आगामी पुस ३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend