Logo २०८१ भाद्र ३१ सोमबार
अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँ : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँ : प्रधानमन्त्री दाहाल


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन १ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताएका छन् । आजदेखि महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र सुधारका लागि आफू प्रधानमन्त्री भएपछि विशेष ध्यान दिएको बताए ।

आफूले मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक तथा निजी क्षेत्रसित सहकार्यलाई प्रभावकारी तुल्याउने निर्णय गरे बमोजिम देशको अर्थतन्त्र अग्रसर रहेको उनले उल्लेख गरे । “अर्थतन्त्रमा देखिएका समस्या हल गर्दै निजी क्षेत्रलाई सहज रुपमा लगानी तथा उद्योग, व्यापारको वातावरण बनाउनेतर्फ अगाडि बढेका छौँ”, प्रधानमन्त्री दाहालले भने– “अर्थतन्त्रमा सुधारका राम्रा सङ्केत देखिएका छन् ।” उनले राजस्व सङ्कलन र विदेशी मुद्रा सञ्चयमा वृद्धि भएको बताउँदै यी सबै सकरात्मक सङ्केतका रुपमा लिएको धारणा राखे ।

“समग्रमा अर्थतन्त्रको सङ्कट टरेको छैन”, उनले भने– “अझै पनि नीतिगत र योजनागत क्षेत्रमा सुधार गर्नुपर्ने आश्वयकता छ, र सरकार सोही दिशातर्फ अग्रसर पनि छ ।” त्यसैगरी कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह भारतीय पक्षको प्रतिबद्धतापछि समझदारीपत्रमा हस्ताक्षर भएको र निर्माण प्रक्रिया अघि बढेको बताए ।

“सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कनको काम भई स्वीकृतीको चरणमा हुनुका साथै भारतसित ‘एमओयु’ हस्ताक्षरण गर्ने प्रक्रिया अघि बढेको छ”, उनले भने– “निकट भविष्यमा कानुनी र प्रक्रिया सम्पन्न गरेर बन्दरगाह निर्माण द्रुत गतिमा हुनेछ ।” उनले सो विषय आफ्नो आसन्न भारत भ्रमणमा उच्च प्राथमिकताका साथ उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले बन्दरगाहको निर्माणमा नेपाल र भारतबीच द्विपक्षीय व्यापार तथा आफूले परिकल्पना गरेको त्रिदेशीय रणनीतिक साझोदारीमार्फत नेपालले लाभ लिने विषयमा समेत निर्णायक महत्व राख्ने विश्वास लिएको बताए । “सुदूर विकास आयोगको गठनदेखि विश्वविद्यालयसम्म घोषणाको अवसर प्राप्त गरेँ”, दाहालले भने– “गेटा मेडिकल कलेजलाई पहिलोपटक बजेट बिनियोजन गर्ने अवसर पाएँ, अहिले सम्पन्न हुन सक्ने आइसकेको छ ।” उनले सुक्खा बन्दरगाह निर्माणसँगै उत्तर चीनसित जोड्ने ढोकासमेत महाकाली करिडोरलाई अगाडि बढाइने बताए ।

“यसले सुदूरको आर्थिक विकासमा मात्रै प्रगती हुने छैन, सिङ्गो राष्ट्रको आर्थिक विकास निकै ठूलो योगदान हुनेछ”, उनले भने– “सरकारले तयार गरेको एकीकृत कार्ययोजनामा सुदूरको समृद्धि, विकास अभियानका पनि समेटिएको छ ।” उनले यथास्थितीमा रुमलिने प्रवृतीको अन्त्य गर्नु आजको देशको आवश्यकता भएको बताए ।

“जनतामा देखिएको निराशालाई आशामा बदल्दै दृेढ सङ्कल्प र नेतृत्वप विकासको निम्ती आश्वयक छ,” उनले भने– “नौ वटै जिल्लामा सञ्चालनमा रहेका आयोजना र सम्भाव्य आयोजनाका लागि बजेटमा कुनै कन्जुसाँइ हुने छैन ।”

प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनअघि सुक्खाबन्दरगाह निर्माण स्थल र महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल योजनाको निरीक्षणसमेत गरेका छन् । प्रधानमन्त्रीसँगै उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्यामन्त्री पदम गिरी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, सृुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत निरीक्षणमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend