Logo २०७९ चैत्र ११ शनिबार
भारतको मध्य प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १४ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा १४ जनाको मृत्यु


infotainment प्रकाशित मिति : शनिबार, फाल्गुन १३ २०७९

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा सडक छेउमा रोकिराखेको तीनवटा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका छन् ।

मध्य प्रदेशको राजधानी भोपालबाट ६१० किलोमिटर उत्तरपूर्वमा पर्ने सिद्धी जिल्लामा शुक्रबार राति सो दुर्घटना भएको हो । प्रहरीका अनुसार सिमेन्ट बोकेको ट्रकको एउटा टायर फुटेपछि ट्रकले सन्तुलन गुमाउँदा सडकछेउमा पार्किङ गरी राखिएका तीनवटा बसलाई ठक्कर दिएको र आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य छ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

“दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना घाइते भएका छन्,” वरिष्ठ प्रहरी अधिकारी मुकेश श्रीवास्तवले भने । घाइतेमध्ये अधिकांशको नजिकैको रेवा जिल्लाको सञ्जय गान्धी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार भारतका सङ्घीय गृहमन्त्री अमित शाहले सम्बोधन गरेको ¥यालीमा सहभागी हुन गएका बस यात्री आफ्नो घर फर्किरहेका थिए ।

भारतमा सवारीमा अत्यधिक भार बोक्ने, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । भारतमा हरेक वर्ष करिब एक लाख ५० हजार मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको अधिकारीहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend