Logo २०७९ चैत्र ११ शनिबार
क्रिकेटर लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति

क्रिकेटर लामिछानेलाई विदेश जान सर्वोच्चको अनुमति


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रियरअन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट खेल्न विदेश जान अनुमति दिने आदेश गरेको हो ।

अदालतको आदेशबारे जानकारी दिँदै प्रवक्ता विमल पौडेलले भने, “अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी भएको हुनाले विदेश जान रोक नलगाउनु, सम्बन्धित निकायलाई विदेश जान दिन दिलाउन लेखी पठाउन आदेशमा भनिएको छ ।”

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो । तर विदेश जान वञ्चित गरेको थियो । सर्वोच्च अदालतले विदेश जानका लागि बाटो खुला गरिदिएको छ । आदेशसँग अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो ।

उच्च अदालतकको आदेशपछि सन्दीप विरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो । उक्त मुद्दामा आइतबार र सोमबार बन्द इजलासमा सुनुवाइ भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend