Logo २०७९ चैत्र ११ शनिबार
सोलुखुम्बु : एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

सोलुखुम्बु : एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु


infotainment प्रकाशित मिति : आइतबार, फाल्गुन २१ २०७९

काठमाडौं । नेकपा (एमाले) नेचासल्यान गाउँ कमिटीको आयोजनामा ‘मिसन ग्रासरुट’ अभियान सुरु भएको छ । अनेरास्ववियु सोलुखुम्बु जिल्ला सचिव तेन्जी शेर्पाका अनुसार गत मंगलबार अभिमुखिकरण एवं प्रशिक्षण कार्यक्रमको आयोजना गरी ‘मिसन ग्रासरुट’अभियान सुरु गरिएको हो ।

उक्त कार्यक्रमले ‘मिसन ग्रासरुट’अभियानका लागि निर्माण गरेको कार्ययोजना अनुसार पालिकाका सबै वडा इन्चार्जहरु बुधबारदेखि नै कार्यक्षेत्रमा पुगेर वडा कमिटीसँगको समन्वयमा सदस्यता वितरण र नवीकरणको काम गर्नुपर्ने र चैत एक गतेबाट वडास्तरीय प्रशिक्षण सुरु गर्नुपर्नेछ ।

आसन्न स्ववियु निर्वाचनलाई मध्यनजर गर्दै अनेरास्ववियुका उम्मेदवारहरुलाई आवश्यक सहयोग गर्न थुलुङदूधकोशी स्थायी ठेगाना भइ काठमाडौंका विभिन्न कलेजमा अध्ययनरत बिद्यार्थीहरुको लगत संकलन गर्ने र नेकपा एमाले गाउँ कमिटी र गाउँ कमिटी मातहतका सम्पूर्ण नेताकार्यकर्तालाई अनिवार्य स्थानीय कृषकले उत्पादन गरेको तरकारी फलफूल मात्रै आफ्नो भान्सा घरमा अनिवार्य प्रयोग गर्ने र गराउने निर्णय समेत गरेको छ ।

उक्त कार्यक्रममा अभियानका केन्द्रीय प्रतिनिधि एवं प्रदेश कमिटी उपसचिव शैलेस लामा, नेकपा (एमाले) नेचासल्यान गाउँ कमिटी अध्यक्ष जगन्नाथ बास्तोला, नेकपा (एमाले) जिल्ला पार्टी अध्यक्ष डुफाकुमार बास्तोला, उपाध्यक्ष हर्कबहादुर नाछिरिङ तथा पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend