Logo २०८० चैत्र १६ शुक्रबार
कमल राईले अमेरिकाबाट ल्याएको ‘के छ त्यस्तो’को सर्वत्र चर्चा, कमल र करुणाको अभिनयको तारिफ

कमल राईले अमेरिकाबाट ल्याएको ‘के छ त्यस्तो’को सर्वत्र चर्चा, कमल र करुणाको अभिनयको तारिफ


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९

काठमाडौँ । गायक कमल राईको नयाँ गीत के छ त्यस्तोको भिडियो रिलिज गरिएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोमा पछिल्लो पुस्ताकी चर्चित मोडल तथा नायिका करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

नक्षत्र फाउण्डेसनको प्रस्तुतीमा तयार भिडियोले सामाजिक क्षेत्रमा काम गर्दै आइरुहेको नक्षेत्र फाउण्डेनकै कथालाई भिडियोमा देखाउन खोजेको छ । पछिल्ला केही वर्षदेखि सामाजिक काममा सक्रिय नक्षेत्र फाउडेसनले गरिब, असहाय र निमुखा बालबालिकाहरुको शक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको सिइओ अर्जुन सुवेदीले बताए । सिइओ सुवेदीका अनुसार नक्षेत्र फाउण्डेसनले भोलीका दिनमा पनि आवश्यक परेको जुन सुकै स्थानमा सहयोग पुर्याउनेछ ।

र भिडियोमा मोडल करुणा एक समाजसेवीको रुपमा देखिएकी छिन् । गायक राई स्वयमकै निर्देशन रहेको भिडियो उनले नेपाल आएको मौकामा छायांकन गरेका हुन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राईले अमेरिकामा नै आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो बजारमा ल्याइसकेका छन् ।

गीत संगीतका अलावा विभिन्न रियालिटी शो गर्दै आएका निर्देशक राईले कोरोनाको समयमा अमेरिकाबाट नै अनलाइन रियालिटी शोको आयोजना गरेका थिए । जसको चर्चा नेपालमा व्यापक रुपमा नै भएको थियो ।काठमाडौँ आसपासका रमणीय क्षेत्रहरुमा छायांकन गरिएको सार्वजनिक भिडियोको सिनेम्याटोग्राफर र सम्पादक बिनोद याक्ख्या हुन् । जसको प्रोडक्सन म्यानेजर बुद्धि तामागं हु्न् । भिडियो गायक राईकै अफिसियल च्यानल रिदम स्क्रिन क्रियशनबाट बजारमा आएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend