Logo २०७९ चैत्र ११ शनिबार
सुचिन्दा र सन्जिबको ‘तिमी मेरो’को चर्चा (भिडियो)

सुचिन्दा र सन्जिबको ‘तिमी मेरो’को चर्चा (भिडियो)


infotainment प्रकाशित मिति : मंगलबार, फाल्गुन २३ २०७९

काठमाडौँ । गायिका सुचिन्दा श्रेष्ठ र गायक अमन प्रधानको स्वरमा रहेको गीत ‘तिमी मेरो’सार्वजनिक भए संगै चर्चा बटुल्न सुरु गरेको छ ।

वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दरचना र अमन प्रधानको नै सगीत रहेको गीत वेष्टन पप जनरामा बनाइएको छ ।

गायिका सुचिन्दा श्रेष्ठ र सन्जिब थेबे लिम्बुको अभिनय रहेको गीतको भिडियोमा पछिल्लो समय मुलुकबाट युवाहरु विदेशिने ट्रेन्ड र बिदेशमा रहेका प्रेमीलाइ कुरिरहेकी प्रेमिका बीचको प्रगाढ प्रेमिल भावलाई समेटेर अत्यन्तै रोमान्टिक र संयोगान्त सन्देशमुलक कथामा देखाइएको छ।

भावसागर इन्टरटेन्टमेन्ट च्यानलबाट रिलिज गरिएको भिडियोलाइ पछिल्लो समयका चर्चित भिडियोहरु निर्देशन गरिसकेका सफल निर्देशक राजेश पुमा राईले निर्देशन गरेका हुन् भिडियोमा उत्सब दाहालको क्यामेरा, अस्मिता राईको मेकअप ,र बिकास दाहालको सम्पादन रहेको छ।

सानै उमेर देखि नै गायन, नृत्य र कलामा अब्बल सुचिन्दा श्रेष्ठको यसअघि “एक चोटि आईदेउन” बोलको गीत सार्वजनिक भै चर्चा बटुलिसकेको छ भने नेपाली कथानक चलचित्र शान्तिमा मुख्य भुमिकामा अभिनय गरिसकेका नायक तथा मोडल सन्जिब थेबेले अन्य केही म्युजिक भिडियोमा समेत आफ्नो अभिनय मार्फत नेपाली दर्शक स्रोता समक्ष दर्बिलो उपस्तिथि जनाईसकेका छन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend