Logo २०७९ चैत्र ११ शनिबार
‘चट्ट मायालु’मा सकिसँग आकाशको रोमान्स

‘चट्ट मायालु’मा सकिसँग आकाशको रोमान्स


infotainment प्रकाशित मिति : आइतबार, फाल्गुन २८ २०७९

काठमाडौंँ । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ । रविमान सिंह बस्न्यातको शब्द, टिका बन्जनको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् । रोमान्टिक डान्सिङ शैलीमा तयार गरिएको गीतमा एक प्रेमीले प्रेमीकाको सौन्दर्यको बर्णन गरेका छन्, भने प्रेमीकाले प्रेमीको ह्याण्डसम भनेर प्रसंसा गरेकी छन् ।

निकै तामझाम सहित निर्माण भएको भिडियो निकै आकर्षक बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ, पुष्प बहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकि इटानीको अभिनय छ ।

भिडियोमा सकिसँग आकाश र पुष्पपछि लागेको समेत देखाइएको छ । थुप्रै म्युजिक भिडियो अभिनय गरिसकेकी मोडल सकिको भिडियोको अन्त्यमा अभिनेता जीवन गिरीसँगको प्रेम सम्बन्ध देखाइएको छ । मिष्टर वसिन नेपाल समेत रहेका अभिनेता जीवन र सकिको जोडी परफेट देखिन्छ । भिडियोमा सकिको नृत्यले समेत दर्शकको मनमा गहिरो छाप छोड्नसक्छ ।

भिडियोका निर्देशक शिव विक हुन् । रोशन भुसालको छायांकन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियो मोडल सकिको अफिसियm टुट्युव च्यानल सकि इटानी मार्फत सार्वजनिक भएको हो । सकि इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend