Logo २०७९ चैत्र ११ शनिबार
अनेरास्ववियु सोलुखुम्बुको का.बा. अध्यक्षको जिम्मेवारी तेन्जी शेर्पालाई

अनेरास्ववियु सोलुखुम्बुको का.बा. अध्यक्षको जिम्मेवारी तेन्जी शेर्पालाई


infotainment प्रकाशित मिति : बुधबार, चैत्र १ २०७९

काठमाडौं । नेकपा (एमाले)को अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कमिटीको कार्यबाहक अध्यक्षको जिम्मेवारी ङवाङ तेन्जी शेर्पाले पाएका छन् । अध्यक्ष गौरव राईले प्रेस विज्ञप्ती जारी गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी शेर्पालाई दिइएको जानकारी गराएका हुन् ।

अध्यक्ष राईले आसन्न स्ववियु निर्वाचनको परिणाम संगठनको पक्षमा पार्नुपर्ने समयमा ब्यस्तताका कारण आफूले समय दिन नसकेको भन्दै का.बा. अध्यक्षको जिम्मेवारी शेर्पालाई हस्तान्तरण गरिएको जानकारी गराए ।

अघिल्लो वर्ष सम्पन्न जिल्ला अधिवेशनमार्फत् थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमस्थित बागुरका शेर्पा सचिवमा निर्वाचित भएका थिए, भने राई अध्यक्षमा निर्वाचित भएका थिए । का.बा. अध्यक्षको जिम्मेवारी पाएका शेर्पाले जिल्लामा हुने स्ववियु निर्वाचनको तयारीलाई तीब्र पार्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
– इन्द्र कुमारी राई
– सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend