Logo २०८० जेष्ठ १७ बुधबार
टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा

टेलिफोन महसुल घटाउन भारत सकारात्मक : मन्त्री शर्मा


infotainment प्रकाशित मिति : शुक्रबार, चैत्र १० २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन भारत सकारात्मक रहेको बताउनुभएको छ । चारदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भारतमा बस्ने र यहाँबाट भारत जाने नेपालीले भोग्दै आएका समस्या समाधान गर्न आफूले छलफल गरेको बताउनुभयो । “विभिन्न सन्दर्भमा भारतमा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको छ, नेपालबाट भारतमा टेलिफोन गर्दा शुल्क कम छ, तर भारतबाट नेपालमा टेलिफोन गर्दा शुल्क महँगो छ”, उहाँले भन्नुभयो, “यो विषयलाई हामीले गम्भीतापूर्वक उठाएका छौँ ।”

भेटमा आफूले नेपालको भन्दा कम दर नभएपनि कमसे कम ‘रेसिप्रोकल’ ढङ्गबाट भारतले नेपालमा कल गर्दा लाग्ने शुल्कमा घटाइदिन आग्रह गरेको बताउनुभयो । “उहाँहरूले त्यो विषयलाई सकारात्मक लिनुभएको छ”, मन्त्री शर्माले भन्नुभयो । भारतमा गएका नेपालीले मोबाइलको सीम कार्ड लिन समस्या भोग्नुपरेको अवस्थालाई समाधान गर्न आफूले आग्रह गरेको उहाँले बताउनुभयो ।

“भारतका सञ्चार राज्यमन्त्रीसँग द्विपक्षीय भेटवार्ता भयो, भेटमा हामीले ब्याण्डविथ अन्य नाकाबाट भित्रयाउन र अप्टिकल फाइबरको पहुँच समुद्रसम्म गरिदिन आग्रह ग¥र्यौं”, उहाँले भन्नुभयो । समुद्रसम्म अप्टिकल फाइबरको पहुँच स्थापित हुँदा नेपालमा इन्टरनेटको शुल्क कम हुने उहाँको भनाइ छ । अहिले भारतको सुनौली नाकाबाट मात्र ब्याण्डविथ भित्रिरहेको छ ।

भारतीय च्यानल निर्वाधरूपमा नेपालमा चलिरहेको तर नेपाली च्यानल भारतमा हेर्न समस्या भइरहेकातर्फ पनि आफूले ध्यानाकर्षण गराएको उहाँको भनाइ छ । “भारतमा नेपालीको ठूलो सङ्ख्या भइरहेकाले नेपाली टेलिभिजन च्यानल भारतमा हेर्न सक्ने वातावरण मिलाउने विषयमा पनि छलफल गरेका छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले रेडियो नेपाल र प्रसार भारतीबीच कार्यक्रम आदानप्रदान गर्ने यसअघिको सहमतिलाई कार्यान्वयन गरेर जाने समझदारी भएको जानकारी दिनुभयो । मन्त्री शर्मा इन्टरनेशनल टेलिकम युनियन ९आइटियु० को क्षेत्रीय कार्यालय स्थापनासम्बन्धी कार्यक्रममा सहभागी हुन यही चैत ७ गते भारत प्रस्थान गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा उक्त कार्यालयलको उद्घाटन गर्नुभएको थियो ।

यसअघि आइटियुको कार्यालय स्वीट्जरल्याण्को जेनेभामा थियो । नेपालले जेनेभा पुगेर काम गर्नुपर्ने थियो । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा भएको सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइटियुको क्षेत्रीय कार्यालय भारतमा राख्न प्रस्ताव गर्नुभएको थियो ।

सोही प्रस्तावअनुसार कार्यालय नयाँ दिल्लीमा स्थापना भएको हो । सो कार्यालयबाट दक्ष जनशक्ति निर्माण गर्न र विभिन्न तालिम लिन सकिनेछ । शुल्क र समयको हिसाबबाट नेपाललाई सस्तो पर्न गएको छ । भारतमा क्षेत्रीय कार्यालय स्थापना हुनु सदस्य राष्ट्रका हिसाबले नेपाललाई फाइदा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend