Logo २०८० जेष्ठ १७ बुधबार
सुनिलको ‘केबल तिमी हौ’मा सागर र रुषा

सुनिलको ‘केबल तिमी हौ’मा सागर र रुषा


infotainment प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९

काठमाडौँ । केबल तिमी हौ बोलको गीतको भिडियो रिलिज गरिएको छोटो समयमा नै यसले राम्रो चर्चा बटुलीरहेको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई १ लाख २२ हजार बढी दर्शंकले हेरिसकेका छन् । गायक विशाल निरौला र प्रेक्षा लम्सालको स्वर रहेको गीतमा विशाल निरौलाकै शब्द तथा संगीतमा तयार भएको प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतमा चकलेटी मोडल तथा नायक सागर खनालको अभिनय रहेको छ भने अभिनयमा सुन्दरी रुषाले सागरलाई साथ दिएकी छिन् ।

पछिल्ला दिनमा सागरले एकपछि अर्को गर्दै राम्रा राम्रा भिडियोमा काम गरिरहेका बेला केवल तिमीलाईबाट आँफु सन्तुष्ट रहेको सागर बताउँछन् । वैँशालु उमेरमा प्रेममा परेको एक रोमान्टिक जोडीले जुनी जुनी सँगै बाँच्ने वाचा कसम खाएको दृश्यलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

उत्सब दाहालले छायांकन गरेको सार्वजनिक भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । पेशाले इञ्जिनियर समेत रहेका गायक सुनिल दवाडीको निर्माणमा तयार भिडियो सुनिल दवाडीको अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक दवाडीको केही समय अघि मात्रै बजारमा आएको बाह्र टक्काले राम्रो चर्चा बटुलेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend