Logo २०८० जेष्ठ १७ बुधबार
बालउद्धार माध्यमिक विद्यालय : तस्वीरमा कक्षा १२ का विद्यार्थीलाई बिदाई

बालउद्धार माध्यमिक विद्यालय : तस्वीरमा कक्षा १२ का विद्यार्थीलाई बिदाई


infotainment प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० स्थित बालउद्धार माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ । विहीबार कपनस्थित एक पार्टी प्यालेसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेका हुन् । बालउद्धार माविले आगामी बैशाख २६ गतेबाट सञ्चालन हुने परीक्षाको तयारीमा रहेका कक्षा १२ का विद्यार्थीहरुलाई उज्जल भविष्यको कामना गर्दै विदाई गरेको हो ।

विद्यार्थीहरुलाई प्रधानाध्यापक विनोद पण्डित, विद्यालय ब्यवस्थापन समिति (वि.ब्य.स.) अध्यक्ष ध्रुब प्रसाद घिमिरेलगायत शिक्षक–शिक्षिकाहरुले रुद्राक्षका माला लगाइदिएर विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानाध्यापक विनोद पण्डितले बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै बालउद्धार माविले दक्ष जनशक्तिहरु उत्पादन गर्दै आएको बताए । साथै, आगामी दिनहरुमा पनि उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्दै जाने उल्लेख गरे ।

त्यस्तै उनले विद्यालयको भवन निर्माणको काम समयमा नै सम्पन्न नभएतापनि पठन–पाठनमा कुनै कसर बाँकी नराखेको जानकारी गराए । प्रधानाध्यापक पण्डितले भनेका छन्, ‘तपाई–हाम्रो मिहेनतकै कारण आज बालउद्धार मावि सामुदायिक विद्यालयहरुमध्येकै नमूना विद्यालय बन्न सफल बनेको छ ।’ खेलमैदानको अभावकै बाबजुदपनि विभिन्न खेलकुदहरु (टुर्नामेन्टहरु)मा समेत विद्यालयले उत्कृष्ट नतिजा ल्याइरहेको प्रधानाध्यापक पण्डितले बताए ।

यसका साथै वि.ब्य.स. अध्यक्ष ध्रुब प्रसाद घिमिरेले पनि बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई शुभकामना दिदै भवन निर्माण समयमा सम्पन्न नहुँदा पठन–पाठनमा केही कठिनाई भएको बताए । यसरी भवन निर्माणको काम समयमा सम्पन्न नहुँदा कक्षा १२ का विद्यार्थीहरु केही अन्यायमा परेको उल्लेख गर्दै अब चाँडैनै निर्माण सम्पन्न हुने जानकारी गराए । अबको केही दिनमै विद्यालयको प्राङ्गनमा रहेको टहराहरु हटाइसक्ने पनि उनले जानकारी गराए ।

शिक्षक सन्तोष लुइँटेलले सञ्चालन गरेका कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख, शिक्षक–शिक्षिकालगायत दुई सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए । राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा आगामी बैशाख २६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend