Logo २०८० जेष्ठ १७ बुधबार
फिप्नाद्वारा आयोजित ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न 

फिप्नाद्वारा आयोजित ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न 


infotainment प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

फिप्नाद्वारा आयोजित ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न
न्यूयोर्क, मार्च २६, २०२३ आइतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले आयोजना गरेको ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिशेष वक्ताहरुको रहेको नेपाली डायस्पोराको विभिन्न संघसंस्थाका प्रतिनिधहरु विचमा अत्यन्तै महत्वपूर्ण विषयरुमा अन्तर्राक्रियात्मक कार्यक्रम भएको थियो । वक्ताहरुमा हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकारका अर्गानाइजिङ र प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री अतिथि वक्ता रहेको थियो । नेपाली अमेरिकन पहिलो महिला न्यूयोर्क सीटी कोर्टको न्यायधीश नियुक्त हुनुभएकोमा रीना गुरुङलाई फिप्नाको तर्फबाट बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि दिएको थियो
अन्तर्राष्ट्रिय नारी दिवसको मनाउने अवसरमा फिप्नाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता फिप्नाका अध्यक्ष श्री राज कुमार बिष्टले गरेको थियो भने, हाउजिङ पार्ट न्यूयोर्क सीटी सिभिल कोर्टका माननीय न्याधीश रीना गुरुङ र अधिकारका अर्गानाइजिङ र प्रोग्राम डाईरेक्टर नर्वदा क्षेत्री अतिथि वक्ता रहेको प्यानलमा Moderator फिप्नाका महासचिव टोमा लामाले गरेको थियो । उपस्थित् सबै जना अतिथि वक्ता तथा सहभागीहरुलाई फिप्नाका कोषाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य दिएको थियो । रीना गुरुङले आप्रवासी महिलाहरुको संरक्षणमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको भूमिका र विशेष आप्रवासी आदिवासी महिलाहरुको अधिकारको विषयमा प्रस्तुती दिएको थियो । न्याधीश रीनाले प्रस्तुती क्रममा अरु देशमा जस्तै अमेरिकामा पनि कतिपय नियम कानून्हरु कागजमा राम्रो भए तापनि कार्यान्वयनमा आएको छैन यो समस्या अन्य देश जस्तै अमेरिका पनि अछुतो छैन । त्यस्तै गरी यहाँ अमेरिकामा पनि आप्रवासी महिलाहरुको लागि कानून्मा हकअधिकार सुरक्षित भए पनि कतिपय कुराहरु व्यवहारमा लागु भएको छैन । बाहिरबाट आएका आप्रवासी महिलाहरुले यहाँ अमेरिकामा स्थापित हुनको लागि यहाँको महिला भन्दा दश गुना बढी मेहेनत गर्नु पर्दछ भनी आफ्नो अनुभव सुनाए । त्यसको लागि हामी आप्रवासी महिला तयार भई काम गनुपर्ने पर्दछ भनी रीनाले बताए ।  अर्का वक्ता नर्वदा क्षेत्रीले स्वास्थ्य सेवा र अन्य सामाजिक सेवाहरुमा पहुँच नहुने आप्रवासी महिला तथा आदिवासी महिलाहरुले सामना गर्ने फरक खालका चुनौतिहरुको बारेमा प्रस्तुती दिएको थियो । नर्वदा क्षेत्रीले प्रस्तुतीको क्रममा आफुले यहाँ अमेरिकामा लामो समय महिलाको क्षेत्रमा काम गरेको अनुभव रहेको बताए । अधिकांश महिलाहरु भरखरमा अमेरिकामा आउँदा अलि बढी संर्घष गर्नुपर्ने हुन्छ । कतिपय सेवा सुविधाहरु अमेरिकाको सरकारले सुनिश्चत गरेको भएतापनि जनचेतनाको कमी तथा जानकारी नहुनाले सेवा सुविधाबाट आप्रवासी महिलाहरु बञ्चित हुन्छन् । रोजगारी तथा कामको लागि कतिपय महिलाहरुले भाषा तथा कामको दक्षताको कमीले पनि अमेरिका आएको शुरुवाती दिनमा आप्रवासी महिलाले बढी संघर्ष गर्नुपर्ने देखिन्छ । यस्ता विभिन्न समस्यालाई केही हदसम्म भए पनि कम गर्नको लागि अधिकार संस्थाले आप्रवासी महिलाहरुलाई सुचित गर्ने र क्षमता अभिवृद्धिको लागि विभन्न अमेरिकामा प्रचलित रोजगारीको लागि चाहिने सीपमुलक तालिम तथा अँग्रेजी भाषाको कक्षाहरु संचालन गर्दै आएको बताउनु भयो । समानताको लागि आम महिलाहरुले भोग्नु परेको चुनौतिहरु एउटै भए पनि आप्रवासी महिलाहरुले थप चुनौतिहरु फरक खालका चुनौतिहरु भएको बताए ।
वक्ताहरुले बोलिसकेपछि फ्लोर ओपन भई उपस्थित सहभागीहरुले वक्ताहरुलाई जिज्ञासा तथा प्रश्न र आफ्ना विचार हरु राखेका थिए । त्यस पश्चात वक्ताहरुले सहभागीहरुको प्रश्न तथा जिज्ञासाको उत्तर दिएका थिए । कार्यक्रम एकदम अर्थपूर्ण तथा फलदायी भएको थियो । उपस्थित् सबैले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एकआपसमा शुभकामना आदनप्रदा गरेका थिए ।
प्यानलका Moderator फिप्नाका महासचिव टोमा लामाले निष्कर्षमा सन् २०२३ अन्तर्राष्ट्रिय नारी दिवसको नारा “DigitALL: Innovation and technology for gender equality- लैङगिक समानताका लागि नवाचार र प्रविधि ” यसरी हरेक वर्षको नारा लैङगिक समानतासंग जोडिएको हुन्छ । हामी महिलाको दृष्किोणबाट समानता खोज्छौं । यो वर्ष प्रविधिसंग समानताको कुरा जोडिएको छ । संसारका महिलाहरुले हरेक एक क्षेत्रमा प्रतिनिधित्व, सहभागिताा तथा पहुँच खोजेको हो र पुरुषसंगसंगै समानरुपले हरेक क्षेत्रमा अघि बढ्नको लागि आवाज उठाउँदै आएको हो । हरेक क्षेत्रको विकासको लागि महिला र पुरुष समानरुपले अघि बढे मात्र संभव छ । केही हदसम्मा पहिले भन्दा अहिले महिला धेरै अघि बढेको छ, अझै पनि संसारको ओभरल डाटामा पुरुष भन्दा महिला पछाडि छ त्यसैकारणले पुरुष सरह समानरुपले अघि बढ्नको लागि हरेका क्षेत्रका निकाय तथा महिला आफैले र पुरुषहरुले साथ दिनुपर्ने आवश्यक छ भनी अन्तमा सबैलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिए ।
अन्तमा फिप्नाका अध्यक्ष राज कुमार बिष्टले सबै वक्ता तथा सहभागी सबैलाई विशेष धन्यवाद ब्यक्त गर्दै महिला हक हित, अधिकारको पक्षमा र विविध बिषयमा बैचारिक बहस र विचारहरुको आदानप्रदानले पक्कै पनि समुदायमा महिलार पुरुष समनता र समाबेसी परिवर्तनमा टेवा पुग्ने नै छ भनी अन्तरक्रिया कार्यक्रमको समापन भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend