Logo २०८१ बैशाख १९ बुधबार
आजदेखि लागू हुने गरी अफिनले बढायो चिकित्सकको परामर्श शुल्क

आजदेखि लागू हुने गरी अफिनले बढायो चिकित्सकको परामर्श शुल्क


infotainment प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०

काठमाडौं । नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।

सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।

सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको रू पाँच सय १५ परामर्श शुल्क तोकिएको छ ।

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।

डीएम/एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए रु आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि रू नौ सय ४० परामर्श शुल्क तोकिएको छ ।

साथै एमडी÷एमएस÷एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले रु ७५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा रु आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा रु नौ सय ४० शुल्क तोकिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend