Logo २०८१ मंसिर २६ बुधबार
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान गर्ने प्रधानमन्त्री दाहालको अठोट

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छिट्टै समाधान गर्ने प्रधानमन्त्री दाहालको अठोट


infotainment प्रकाशित मिति : मंगलबार, असोज २३ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गर्नुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने अठोट लिएको छु । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग मिलेर काम गरिनेछ ।”

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिनुभयो । उहाँले  स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गर्नुभयो । “स्वास्थ्य क्षेत्रको विकास र जनतालाई सेवा सुविधा दिने विषयमा नयाँ योजना र कार्यक्रम अघि सार्न मैले स्वास्थ्यमन्त्रीलाई निरन्तर प्रेरित गरिहेको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्थास्थ्यकर्मी सबैलाई धन्यवाद दिनुभयो ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगको बढदो चुनौतीलाई सामना गर्दै गुणस्तरीय उपचारमा सबैको पहुँच पु¥याउन सरकारले पहल गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी सिर्जना गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन र सरकारी अस्पतालमा सेवा सुधार गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा मानसिक स्वास्थ्यसँगै समग्र स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, प्रादेशिक अस्पताल, स्थानीय निकाय, गैरसरकारी संस्था र व्यक्तित्वहरुलाई मन्त्रालयले सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend