देउकृष्ण लिंखा याक्खाको निर्देशनमा सार्वजनिक भयो ‘भुँई सोरी’ (भिडियो)
काठमाडौं । निर्माता एवं कलाकार देउकृष्ण लिंखा याक्खा पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त छन् । डाँडा बजार, चिउरी चिल्लो पात, तमोर सलल…लगायतका चर्चित गीत बजारमा ल्याइसकेका निर्देशक देउकृष्णको नयाँ गीत ‘भुँई सोरी’ सार्वजनिक गरिएको छ ।
पुर्वेली लोक भाकामा सजिएको निर्देशक देउकृष्णको ‘भुईँ सोरी’ लाई गायिका अनु चौधरी र न्युसन राईले स्वरबद्ध गरेका छन् । गीतकार पद्मा लिंखा मगरको शब्द सिर्जना रहेको भुँई सोरीमा शान्तिराम राईले संगीत रहेको छ ।
मौलिक पुर्वेली लोकभाकामा आधारित ‘भुईँ सोरी’ मा याक्खा जातिहरुको पहिचान, कला र संस्कृतिलाई उत्कृष्ट तवरबाट प्रस्तुत गरिएको छ । सुरेश राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा बिमला खजुम लिम्बू र जान राना (सञ्जिव) फिचर्ड छन् ।
सार्वजनिक गीतको भिडियोमा सुजन श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ । देवेश राईको संगीत संयोजन रहेको गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा योगेन कारुङ राईले रेकर्ड गरेका हुन् ।