सामाजिक अभियन्त टेक लामालाई सबैले सहयोग गरौ
क्यालिफोर्निया/ नेपालको पर्यटकिय तथा ऐतिहासिक जिल्ला नम्की अजिरकोट गाऊ पालिका वार्ड नम्बर ४ गोरखामा जन्मनुभएका टेक लामा क्यालिफोर्निया स्थित नेपाली समाजमा दयालु मन भएको समाजसेवीको रुपमा परिचित नाम हो ।
विगत १४ बर्षदेखी लस एन्जलसलाई कर्मभुमी बनाएर बसोबास गर्दै आईरहनुभएको समाजसेवी लामाको छुट्टै पहिचान र सामाजिक प्रतिष्ठा रहेको छ ।
सबैप्रति सहयोगको भावना राख्ने लामा तामाङहरुको सामुदायिक संस्था तामाङ सोसाईटी अफ लसएन्जल्स को अध्यक्ष पनि हुन्। तामाङ सोसाइटी अफ नर्थ अमेरिका केन्द्रीय समितिको वरिष्ठा उपाध्यक्ष भएर कम गरिरहेको छन । हामी नेपाली ग्लोबलको अन्तराष्ट्रिय उपाध्यक्ष समेत रहेका लामाले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति लगायत रिपोटर्स क्लब अमेरिका थुप्रै संस्थाहरुसंग आबध्द भई काम गरिसकेका छन् ।
कोलोन क्यान्सर बाट पिडित लामा सदैव अरुका लागि अग्रपङ्तिमा उभिएर सहयोग गर्दै आएका उनलाई यतिबेला भने मुख्यगरि आर्थीक एंव मानसिक सहयोगको खांचो रहेको छ । अहिलेसम्म उनले १० वटा केमोथेरापी लिईसकेको छ र अहिले पछिल्लो अबस्थामा भने स्वास्थ्यमा विभिन्न असरहरु (side effects)देखिएकोले उनले शारिरिक तथा मानसिक रुपमा कमजोर भएको महसुस गरिएको छ ।
हाल क्यान्सर पिडित लामाको परिवारमा ३ छोराछोरीहरु पढ्दै गरेको र आफुले विगत लामो समयदेखी काम गर्न नसकेको कारण आर्थीक संकट परेको द वल्ड नेपाल न्युजलाई अवगत गराएका छन् ।
लामाले अन्तराष्ट्रीय हामि नेपाली ग्लोबल मार्फत नेपालको बिभिन्न जिल्लाहरुमा समेत भुकम्प पिडित र बिदेशमा अलपत्र भएका विदेशी कामदारहरुको नेपालमा उद्धार गर्ने र बाढीपहिरोबाट पिडित परिवारलाई लाई राहत सहयोगमा महत्वपुर्ण योगदान दिदै सयौ व्यक्तिहरूलाई सहयोग गर्दै आउनु भएको थियो ।
तर यतिबेला उहांलाई हामी सबैको सहयोगको खांचो परेको छ सो कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सिघ्र स्वास्थ लाभको कामना गर्दै, मानसिक रुपमा उहांको मनोबल उच्च बनाउन पनि हामी सबैले जुटेर आ-आफ्नो ठाउँबाट सहयोग गरौं, सबैको सांझा प्रयास र सहयोगले उहाँलाई पहिलेकै सामान्य अबस्थामा फर्काउन सकौ !
कोलोन क्यान्सर बाट पिडित भएको लामालाई सहयोग गर्न लसएन्जल्स स्थित नेपाल अमेरिका एकता समाजले गो फन्ड एकाउन्ट खोलेको छ, यसै तलको लिंक मार्फत सहयोगगरिदिनु हुन समेत सबैमा हार्दिक अनुरोध !