Logo २०८१ मंसिर २६ बुधबार
राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली


infotainment प्रकाशित मिति : बिहिबार, चैत्र १ २०८०

दोधारा चाँदनी (कञ्चनपुर) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।”

अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताउनुभयो । “यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो, “यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।”

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गर्नुभयो । “यहाँ महाकाली नदी कटानको समस्या छ, विकास निमार्णका काम अगाडि बढाउन शुक्लाफाँटा निकुञ्जबाट बाधा पुग्छ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।”

आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend