आदिवासी जनजाती महिला महासंघ अमेरिका (फवना)को अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न

कार्यक्रममा फिवनालाई बिभिन्न क्षेत्रमा सहयोग गर्ने ब्याक्तित्लहरूलाई सम्मान गरिएको थियो भने बिभिन्न जानकारीमुलक कार्यक्रहरूपनि सम्बन्धित ब्यक्तित्वहरुले प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा युनाइटेट किरात राई एसोसिएसन अफ अमेरिका (युक्रा) कि पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार मुना राई गुरुंगलाई बिगत लामो समय देखि सामाजिक कार्यमा सॅलग्न भएर फिवनालाई बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याए बापत सम्मान गरिएको हो । साथै सामाजिकरूपना बिभिन्न भूमिका खेल्दै आएका र फिवनालाई बिभिन्न क्षेत्रमा सहयोग पुर्याएको योगदानलाई कदर गर्दै हेल्लो अमेरिकाका सम्राट कार्कीलाई पनि सम्मान गरिएको हो।
सोहीक्रममा बिभिन्न ब्यक्तित्वहरुको मन्तब्य संगै बिशेष जानकारीमुलक सामग्रीहरूको प्रस्तुती पनि रहेको थियो प्रस्तोताहरूमा फिवनाका अध्यक्ष ईन्दिरा चोङबाङले महिला अधिकार सम्बन्धी कार्यपत्रमा बिषयमा बिभिन्न महिलाहरूको स्थिति र महिला शसक्त हुनका लागि के कस्ता प्रयासहरू गर्नुपर्छ भन्ने बिषयमा सुझाबहरू प्रस्तुत गरिन्न् । त्यस्तै बित्तीय तथा सामाजिक सुरक्षा ब्यवस्थापन सम्बन्धी फिवनाका सल्लाहकार संगिनी राना मगरको बिभिन्न जानकारीहरू र यो किन आबश्यक छ भन्ने प्रसॅगहरूमा जोड दिइन् । प्रस्तुतिकै क्रममा आयकर सम्बन्धी जानकारी निलिमा शाक्यको थियो । त्यस्तै रुमी क्षेत्रीले स्वास्थ्य बिमा सम्बन्धी बिभिन्न सुचनाहरू प्रस्तुत गरिन् ।
महिला शसक्तिकरणको साथै आर्थिक अवस्था सुदृढकरण बिकासमा बिशेष जोड दिदै अधिकारका कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले आफ्नो मन्तब्य राखिन् । मन्तब्यकै क्रममा विश्वभरका प्रतिनिधिहरुको उपस्थितिमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन गर्न अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको भबनमा आयोजना हुने “commission on the status of women (CWS) को ६८ औं संस्करणमा सहभागी अनेरास्वबियुकी अध्यक्ष आरती लामाले महिलाहरु शसक्त हुनकोलागि आर्थिक र सामाजिक बिकासमा जोड दिनु पर्ने कुरा ब्यक्त गरिन् । सोहि अवसरमा आदिवासी जनजाती महासंघ, अमेरिका (फिपना) का अध्यक्ष तोरण गुरुंगले महिला दिवसको ईतिहासलाई कोट्याउदै यो अवसरले बिश्वका महिलाहरू अहिलेको यो अवस्थामा आईपुग्दाको अवस्थाको प्रसंसा गर्दै महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।
कार्यकर्मको संचालन फिवनाकी महासचिब ईन्दु गुरुंग लामिछाने र सदस्य शान्ति जिरेलले संयुक्तरुपमा गरेका थिए भने सभाको सभापतित्व अध्यक्ष ईन्दिरा चोङबाङले गरेकि थिइन् । कार्यक्रममा सम्पूर्ण उपस्थितलाई सॅस्थाकि उपाध्यक्ष मैना सिंह बज्राचार्यले गरेकि थिइन् । उक्त अवसरमा ८६ बर्षिया आमा लगायत अरु पनी बृद्ब आमाहरुको बिशेष सम्मानपूर्बक सहभागिता थियो त्यस्तै न्यूयोर्कमा रहेको बिभिन्न सॅघसॅस्थाहरूकोपनि उपस्थित रहेको थियो ।
सोही अवसरमा फिवनाका आजिबन सदस्य लिनेहरूलाईपनि प्रमाणपत्र र खादाबाट सम्मान गरियो ।सदस्यताको प्रमाण पत्र लिनेहरूमा अति कला लामा, शुभद्रा लिम्बु, कृष्ण लामा, सिप्रा चौधरी, किशोरी चौधरी, दिलमाया लिम्बु, शान्ती गुरुंग, ईन्दिरा राई, निलिमा शाक्य र बिष्णु तामाङ रहेका थिए । कार्यक्रमको अन्त्यमा न्युयोर्क सिटी मेयर कार्यालयकी दक्षिण एशियाली मामिला सल्लाहकार प्रमुख पाट्रिसिया रघुनन्दले महिलाहरू यसरी नै अघि बढ्नुपर्ने जोड दिॅदै आफ्नो मन्तब्य राखिन् ।
माईनोरिटी ईम्पावरमेन्ट नेटवर्ककी कार्यकारी निर्देशक श्रेया तुलाधारले संस्थाले न्युयोर्क सिटी र नेपाली संघ सस्थाहरुको सहयोगार्थ पुलको काम गर्दै आएको जानकारी दिइन्। उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रमका सभापतित्व संस्थाकी अध्यक्ष चोङबाङले कार्यक्रमको समापनको घोषणा भएको थियो। औपचारिक कार्यक्रमको समापनपछि फिवनाको ( Empowered Women Empower the World) स्लोगन र सॅस्थाको लोगो सहितको टिसर्टमै महिला द्दीबहिनीहरूले सामुहिक तस्बिरहरू लिएको थिए ।