Logo २०८१ बैशाख १६ आइतबार
फिप्नाको आयोजनामा अन्तराष्ट्रिय नारीदिवश को अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न

फिप्नाको आयोजनामा अन्तराष्ट्रिय नारीदिवश को अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न


infotainment प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०

नेपाल आदीवासी जनजाती महासघं अमेरीका (फिप्ना)ले यहू मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारीदिवसको अवसरमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पुर्व कृषी राज्यमन्त्री तथा बागमती प्रदेशका पुर्व उपसभामुख राधीका तमाङ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा ,आदिवासी जनजाती महिला महासघंका संस्थापक अध्यक्ष संगिनी राना मगर यसै गरी सोसियल सेकुरिटी लाईसेन्स प्रप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ताको रुपमा रहेका थिए ।संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचांलक महासचिव दिपक चौधारी र सचिव शान्ती गुरुङले गर्नुभएको थियो भने सम्पुर्ण अथिती एवं आमणंत्रित हरुलाई फिप्नाका वरिष्ठ उपअध्यक्ष तुल बहादुर तमाङले स्वागत मन्तव्य दिनुभएको थियो।

कार्यक्रममा फिप्नाका सलहाकार सघिंयपरिषदका सभामुख भारती राई सदस्य संस्थाका अध्यक्षहरु नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,जन सम्पर्क समितीका महासचिव मुनिन्द्र नेम्वाङ नेपाली अमेरिकन कलाकार सघंका अध्यक्ष वशान्ती राई ,क्वीसं काठमान्डौ लायन्य कलवका प्रतिनिधी ,एन,आर,ए न्युयोर्क च्याप्टर का महिला उपअध्यक्ष लक्ष्मी थापा एवं अन्य आमणन्त्रित प्रतिष्ठित व्यक्तीहरुको उपस्थित रहेका थिए ।

प्यानल छलफलमा वक्ताको रुपमा रहनुभएका पुर्व राज्यमन्त्री राधिका तमाङले आफु नेत्रुत्व पङ्तीमा रहदै गर्दा सिगों आधिवासी जनजातीको अधिकारको मुद्दालाई जोडदार सगं सदन उठाउने गरेका र सदै उठाईरहने प्रतीवदत्ता समेत व्यक्त गर्नु भयोको थियो ।साथै उहॅाले आदिवासीको मुद्दालाई राजनितीक हिसाबले हेरीनु हुन्न हामी सबै जुनसुकै पार्टी बाट आबद्द भएपनी सबैले सबैतिरबाट एकजुट भएर लाग्नु पर्छ भन्ने अभिव्यक्ती दिनुभएका थिए ।त्यस्तै अर्का वक्ता अनेरास्नवियूका केन्द्रीय अध्यक्ष आरतू लामाले हामी आदिवासी जनजातीले शिक्षालाई प्रथामिक्ता दिनुपर्छ जबसम्म शिक्षा हामीले शिक्षामा स्थरउन्नती गर्न सकिन्दैन तबसम्म हामीले हाम्रो लक्ष्यमा पुग्न सकिदैन भन्ने अभिव्यक्ती दिनु भएका थिए ।

यसैगरी आदिवासी जनजाती महिला महासंघका संस्थापक अध्यक्ष सगिंनी राना मगरले आदिवासी जनजाती को मुद्दाहरु महिला र पुरूषको सयुत्तं प्रयासबाट मात्र सफल हुने भएकोले कुनै पनी मुद्दाहरुमा महिला पुरूषको सयुत्तं सहभागी हुनु जरुरी भएको घारणा व्यक्त गर्नु भयो ।

यसैगरी अर्का वक्ता डाजीमा शेर्पाले सोसियल सेकुरिटी सम्बन्धी महत्वपुर्ण बिषयमा अभिव्यक्ती दिनु भयो जस्तै महिला पुरूष ले कसरू कुन उमेरमा कुन कुन अवस्था महिला वा पुरूषले सोसियल सेकुरिटी क्यलेम गर्न सकिन्छ भन्ने लगायतका कुराहरुमा प्रष्ट पार्नु भयो र सोसियल सेकुरिटी सम्बन्धी कुनै पनी समस्य वा जिंग्यासा भए सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो ।

यसैगरी आदिवासी जनजाती महिला महासघंका अध्यक्ष ईनिदिरा चोङवाङले कार्यक्रममा छलफल भएका बिषयबस्तु साराशंमा प्रस्तुत गर्दै आफ्ना मन्तव्य राखिन भएका थिए । जनजाती महासंघका सघिंय परिषदका सभामुख भारिती राईले आफ्ना मन्तव्यका साथै उपस्थित सम्पुर्णलाई धन्यवाद दिनुभएका थिए ।

अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend