अमृता राई र कुमार प्रयासको आवाजमा ‘सीम्माको नजर’ (भिडियो)

काठमाडौं । मिठो बोलेर गीतका गायिका अमृता राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका राईको केही दिन अगाडि मात्रै किरातीहरुको महान पर्व उभौलीको अवसरमा ‘सीम्माको नजर’ सार्वजनिक गरिएको हो । गायिका राईलाई गायक कुमार प्रयासले साथ दिएका छन् ।
डेब्यू गीत ‘मिठो बोलेर’ले श्रोता-दर्शकहरुको राम्रो साथ पाएको थियो । ‘सीम्माको नजर’ले पनि श्रोता-दर्शकहरुको राम्रो साथ पाउने अपेक्षा गरिएको छ । गायिका तथा संगीतकार समेत रहेकी मीना राईको मेलोडी कलेक्शन रहेको ‘सीम्माको नजर’लाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् ।