नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना)को वनभोज तथा बीबीक्यू सम्पन्न
न्यूयोर्क । न्यूयोर्क राज्यको स्थानीय राजनितिज्ञ लगायत बिभिन्न सॅघसॅस्थाका प्रतिनिधिहरूकाबीच सम्पन्न भएको छ । फिवनाले हरेक बर्ष मानाउॅदै आएको उक्त कार्यक्रममा न्यूयोर्क राज्यको सेनेटर जोन लु, एसेम्बलि मेम्बर स्टेभेन रागा, साउथ एसियन कोरडिनेटर फर मेयर अफिस एरिक एडम सुकुरानी रघुरण्दन लगायतका ब्याक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमायमा शुभकामना मन्तब्य राख्दै उनीहरुले नेपाली आदिवासी महिलाहरूले अमेरिकामा आएर गरेको यस कार्यप्रति प्रशंसा ब्यक्त गरे ।
सोही अवसरमा उनीहरूको जिज्ञासालाई सम्बोधन गर्दै आयोजक सॅस्थाको तर्फबाट अध्यक्ष इन्दिरा चोङबाङले सॅस्था स्थापना र यसका उदेश्यहरूलाई सॅक्षेपमा प्रस्तुत गरिन् । आपसी सद्भाब कायम गर्ने, मनोरञ्जन प्रदान गर्ने र नयॅा सम्बन्धहरू बिस्तार गर्दै अघि बढ्ने उदेश्यकासाथ आयोजित यस कार्यक्रममा न्यूयोर्कमा रहेका बिबिन्न सॅघ सॅस्थाका अध्यक्ष र प्रतिनिघिहरूको साथ र सहयोग रहेको थियो ।
कार्यक्रममा आदिवासी जनजाति महासॅघ अमेरिका (फिपना) का कार्यकारी अध्यक्ष तुल बहादुर तामाङ, तमु गुरूङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष ओम गुरूङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपक थेबे. उपाध्यक्षदय बिबिश माङ्मु, सरोज थाङदेन,किरात राई सोसाइटी अफ अमेरिका(युक्रा) का केन्द्रीय उपाध्यक्ष केशबराम राई, युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष तथा फिपनाका उपाध्यक्ष ममता राई, थारूएण्ड फ्रोन्ड्स सोसाइटीका बरिष्ठ उपाध्यक्ष तथा फिप्नाका महासचिब दिपक चौधरी, किरात सोसाइटी ओफ अमेरिका न्यूयोर्क च्याप्टर पूर्ब अध्यक्ष भारति राइ, माइनोरोटी इम्पावरमेन्टका अघ्यक्ष श्याम कार्की, हामी नेपाली ग्लोबल न्यूयोर्क च्यापटरका अध्यक्ष बिरेनद्रजॅग केसी, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्ब अध्यक्ष सानुमाया तामाङ, हेल्लो अमेरिकाका डीरेक्टर किशोर सुब्बा र क्यामोराम्यान सम्राट कार्की लगायत अन्य प्रतिनिधिहरूको उपस्थित र साथ सहयोग रहेको थियो ।
सोही अवसरमा नेपाली जनमानसलाई मानसिक स्वास्थ्य सम्बन्घि जनचेतना जोगाउने अभिप्रायकासाथ न्यूयोर्क सिटी डिपार्टमेन्ट अफ हेल्थका प्रोग्राम कोर्डिनेटर किरक्लिन स्कोडर लगायतका उनका टिमले टेबलिङ प्रयोग गरेका थिए । अध्यक्ष चोङबाङको सॅयोजकत्वमा आयोजित सो कार्यक्रममा उपस्थितहरूले नेपाली खानासॅग रमाउॅदै नेपाली गीतमा छमछम नाचगान गर्रेर भरमग्दुर आनन्द लिए ।
कार्यक्रममा उपस्थितहरुले सॅस्थाकी सदस्य शान्ति जिरेलले स्वागत गरिन् । उक्त अवसरमा बालबालिकाहरु र बयस्कहरूकालागि मनोरञ्जन प्रदान गर्ने उदेश्यले बिभिन्न खेलकुदहरूकोपनि आयोजना भएको थियो । साथै उक्त खेलकुदहरूमा प्रथम र दितीय हुने बिजेताहरूलाई पुरस्कारपनि बितरण गरिएको थियो भने उक्त खेलकुदको संयोजक पूर्ब महासचिब बन्दना राईले गरेकिहुन् भने साथमा महासचिब इन्दु लामिछाने, सदस्य आभा श्रेष्ठ रहेकी थिइन् ।
अन्तमा अध्यक्ष चोङबाङले महिलाहरुले आयोजना गरेको यस कार्यक्रम सम्पूर्ण पुरुषहरूको सहभागिताबिना अपूर्ण रहेको अवगत गर्दै कार्यक्रम सफल पार्नकालागि महत्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण ब्याक्तित्वहरू, र सहभागिता जनाउने सम्पूर्ण सॅघ सॅस्थाहरू, मिडियाकर्मीहरु लगायत सम्पूर्ण उपस्थितहरूलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भयो ।