‘लोखिम सरोकार’ले पायो नयाँ कार्यसमिति, अध्यक्षमा पुनः शेर्पा र महासचिवमा राई चयन
काठमाडौं । ‘लोखिम सरोकार समाज’को अध्यक्षमा पुनः गेल्जेन शेर्पा दोहोरिएका छन् । काठमाडौंको कपनस्थित एक रेस्टुराँमा सम्पन्न समाजको साधारण सभामार्फत् अध्यक्षमा पुनः गेल्जेन शेर्पा मनोनित भएका हुन् । त्यस्तै समाजको बरिष्ठ उपाध्यक्षमा भक्त बहादुर विश्वकर्मा, उपाध्यक्षमा हेम बहादुर तामाङ, समिर तामाङ, निर्मला राई र सेर्कु शेर्पा चयन भएका छन् ।
समाजको महासचिवमा पुनः कृष्ण बहादुर राई चयन भएका छन् । यता सचिवमा बिगराज तामाङ, कोषाध्यक्षमा चर्ण कुमारी राई र सह कोषाध्यक्षमा दीपक तामाङ चयन भएका छन् । त्यस्तै, समाजको सदस्यहरुमा क्रमशः दा कुसाङ शेर्पा, अमृता राई, रुपेश राई, टेकमान तामाङ, शब्द कुमारी राई, विनिता तामाङ, प्रमिला राई चयन भएका छन् ।
यसका साथै मनोनित सञ्चालक समिति सदस्यहरुमा धन बहादुर राई (सुवास) र टेक बहादुर राई चयन भएका छन् । यता समाजको सल्लाहकारहरुमा कर्ण बहादुर तामाङ, भलाकाजी राई, लाक्पा शेर्पा र डम्बर बहादुर राई रहेका छन् ।
स्थापनाकालदेखि नै सोलुखुम्बुको थुलुङ दूधकोशी-९ लोखिमको स्वास्थ्य, शिक्षा, सामाजिक तथा राजनीतिक रुपमा प्रत्यक्ष-अप्रत्यक्ष सरोकार राख्दै आएको समाजले आगामी दिनहरुमा पनि निरन्तरता दिने नवनिर्वाचित अध्यक्ष शेर्पाले जानकारी गराए । शेर्पाले अध्यक्षमा पुनः चयन भएसँगै थप जिम्मेवारी बढेको बताउँदै समाजले आफ्नो काम कर्तव्यलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा महासचिव कृष्ण बहादुर राईले समाजले हालसम्म गरेको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए, भने कोषाध्यक्ष चर्ण कुमारी राईले समाजको हालसम्मको आय-व्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सोही अवसरमा विभिन्न समाजसेवी तथा समाजका सदस्यहरुलाई सम्मान पत्रमार्फत् सम्मानित गरिएको थियो ।