गुलसन टेरेसमा फिप्नाको ‘फिप्ना सांस्कृतिक गाला’ कार्यक्रम सम्पन्न
गुलसन टेरेसमा फिप्नाको ‘फिप्ना सांस्कृतिक गाला’ कार्यक्रम सम्पन्न
कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले आमन्त्रित सम्पुर्ण महानुभावहरूका लागि स्वागत मन्तव्य राखेका थिए । भने महासचिव दिपक चौधरी र सचिव डाजिमा शेर्पाले कार्यक्रम सचांलन गर्नुभएको थियो !
उक्त कार्यक्रममा फिप्नामा आबद्द सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , सॅधिय परिषदका उपसभामुख , बिभिन्न पेशामा अवद्ध सहयोगि दाताहरू , कलाकारहरू , पत्रकार एवं अन्य आमणन्त्रित ब्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो !
सांस्कृतिक गाला कार्यक्रमको संयोजक फिप्नाको महिला उपअध्यक्ष ममता राई ले गरेको हो । प्रत्येक सदस्य संस्थाहरुबाट मौलिक नाच माँग गरेको मा १० वटा संस्थाबाट आदिबासी जनजातीहरूको धर्म सॅस्कृति र परम्परालाई दर्शाउने प्रस्तुति प्राप्त भएको ममता राई ले जनाए । साथै अमेरीकान कलाकार संघ अध्यक्ष वसन्ती राई ,वरिष्ठ उपाध्यक्ष विमल डाँगी र महासचिव संगिता थापा मगर ले पनी फिप्नाको लागी सौजन्य प्रस्तुती दिएको सांस्कृतिक संयोजक ममता राई ले बताए।जुन कार्यक्रमले संस्कार,संस्कृति संरक्षण र प्रबर्धन गर्ने र आदिबासीहरूको मुद्दाका बिषयमा सबै आदिबासी जनजातीहरू एकजुट हुनु जरूरी छ भन्ने मुख्य उदेश्य साथ सम्पन्न भएको स्रोत ले जनाए ।
सो कार्यक्रममा फिप्नाका सदस्य सॅस्थाहरूबाट ल्याएको आ- आफ्नो कला सॅस्कृति भेषभुषा र पहिरन झल्किने बिशेष किसिमको नृत्यहरू र गायनहरूको प्रस्तुति भएको थियो ! साथै उप कोषाध्यक्ष दावा ल्हामो शेर्पाबाट साईलेन्ट अफसनको कार्यक्रम समेत सचांलन गरिएको थियो
चर्चित लोक दोहोरी र DJ गित सॅगसंगै भरपुर मनोरन्जनका साथ कार्यक्रम सम्म्पन्न भएको थियो !
खानामा सयोजक क्षेत्रीय उपध्यक्ष राम कृष्ण महर्जन ले नेवारी टिपीखाना प्रबन्द गर्नु भएका थियो ।कोष अध्यक्ष कृष्ण माया महर्जन , सचीव शान्ती गुरुङ, सदस्य तिर्थ तमाङ बिषेश पाउनाहरुको स्वागत तथा व्यवस्थापनमा खटिनु भएका थिए ।
सघिंय परिषदको संदस्य संस्थाहरु बाट प्रप्त भोलीन्टर भाईबहीन हरु को पनी त्यती नै मात्रमा सहयोग रहेको थियो ! कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट