Logo २०८१ मंसिर २६ बुधबार
एनआरएनए न्युयोर्क च्याप्टर तिज तथा दर कार्यक्रम” सम्पन्न, कराते प्रशिक्षक पार्खि राई सम्मानित

एनआरएनए न्युयोर्क च्याप्टर तिज तथा दर कार्यक्रम” सम्पन्न, कराते प्रशिक्षक पार्खि राई सम्मानित


infotainment प्रकाशित मिति : बिहिबार, भाद्र २७ २०८१

मकै हाउस सामुदायिक मिडिया, न्युयोर्क । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्ड्स अफ नुवाकोट इन् न्युयोर्क, बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ, धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाजसँगको सहकार्यमा संयुक्त तिज तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।

गत सेप्टेम्बर १, आइतबार साँझ ६:०० बजेदेखि १२:०० बजेसम्म न्युयोर्कको क्विन्स स्थित दिब्यधाम मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । एनआरएनए न्युयोर्क च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापाको संयोजनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता एनआरएनए न्युयोर्क च्याप्टरका कार्यवाहक अध्यक्ष/उपाध्यक्ष छिरिङ शेर्पाले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली महावाणिज्य दुतावासको कार्यालय, न्युयोर्ककी उप-वाणिज्यदूत संगीता न्यौपाने रहनु भएको थियो ।

कार्यक्रममा नाचगान, दर खुवाउने र शुभ-कामना आदान-प्रदानको साथै गत शनिबार न्युयोर्कको क्विन्स स्थित सत्य नारायण मन्दिरमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा सम्पन्न “तिज बिशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता”मा प्रथम हुन सफल रिजवुड नेपाली समाज न्युयोर्कको प्रस्तुतीलाई बिशेष प्राथमिकताका प्रस्तुत गरिएको थियो । जुन प्रस्तुतीमा जिबन्त अभिनय र सन्देश मुलक नृत्यको समायोजन रहेको थियो ।

च्याप्टरकी महिला सचिव गीता अधिकारीले औपचारिकता दिएको कार्यक्रममा छोटो औपचारिक कार्यक्रम पछि तिजको गितमा सहभागी महिलाहरुले नाची तिजको भरपुर आनन्द लिएका थिए ।

यस् कार्यक्रमको आर्थिक संयोजकमा च्याप्टरका कोषाध्यक्ष देवेन्द्र लामाले उत्तरदायित्व बहन गरेका थिए भने तिज कार्यक्रम संगै मार्सल आर्ट खेलमा डेढ दशक समय बिताईसकेका पार्खि खालिंग राईलाई बिशेष सम्मान गरेको थियो ।

पार्खि खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय खेलाडी छनोटका निर्णायक छन् । उनले संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्य लगायत अन्य बिभिन्न देशमा गएर पनि निर्णायकको भुमिका निर्बाह गरिसकेका छन् ।

राईले आफैले सञ्चालन गरेको इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्यूयोर्कमा हाल ७०-८० जनाले दैनिकरुपमा प्रशिक्षण लिईरहेका छन्, भने उनि आफै प्रशिक्षक पनि हुन् । राईले प्रशिक्षण गराएका प्रशिक्षार्थी मध्य केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक समेत बनेकी थिइन भने धेरैको संख्यामा पुरूष प्रशिक्षार्थीहरु अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम समेत गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend