३० औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी मूलवासी गीत सार्वजनिक भएको छ
“आदिवासी जुर्मुराउँदा “बोलको गीत अगस्ट ९ विश्व आदिवासी दिवसकै दिन ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको छ । उक्त भिडियो स्टुडियो किङमा सोहि गीतका गायक राई इज किङ राजेस पायल राई र गायिका सुनीता थेगिमको लिपसिङमा स्टुडियो किङमा खिचिएको छ । यस गीत मूलवासी-आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्। आदिवासी, मूलवासीहरु जुर्मुराए, एकतावद्ध भए विश्व सारा हाँस्छ र हसाउने क्षमता रहेको र जुन पहिचान र संस्कार हाम्रो पिता पुर्खाहरुले रचेर गए यो हामी भावी पुस्तालाई सिकाउनु पर्छ र सिकाउदै लगे पितृ र पुर्खाहरुबाट आसिर्बाद को वर्षा पाउने आदि कुराहरु गीतकार ममता खालिङ राईले दर्साउन खोजेको पाइन्छ।
लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता खालिङ राईले लेखेको ‘आदिवासी जुर्मुराउँदा ’ बोलको गीतको स्टुडियो भिडियो शुक्रबार अगस्ट ९ सार्वजनिक भएको हो । उक्त गितको संगीत पवन बान्तावा राई र एरेन्जमेनट मनोज साङसोन राईले गरेको उक्त गीतकै गितकार ममता राई ले बताए।
उक्त गित लाई अनौपचारिक जमघटको बिचमा अमेरीकाको एल्महर्स्ट मा रहेको साउन्ड स्टुडियोमा भएको हो । जुन अनौपचारिक नै भए पनी आदिवासी जनजाती महासंघ अमेरीकाका अध्यक्ष तोरण गुरुङ लगायत सोही संस्थाका कोषाध्यक्ष कृष्णमाया महर्जन ,सचिव शान्ती गुरुङ र युक्रा केन्द्रिय उपाध्याय केशव राम राई केन्द्रीय बोर्ड सदस्या गरच किरात लगायत युक्रा न्युयोर्क चाप्टर परीवार का केही सदस्यहरु र कल्चर कोर्डिनेटर रोसन राई र गायीका तथा मोडल यासोदा खालिङ राई ,गायक दुर्गा बहादुर बान्तवा राई र हेल्लो अमेरीकाका इडिटर र फ़ोटोग्राफ़र सम्राट कार्की समेत को उपस्थितिमा सार्वजनिक गरिएको हो ।