Logo २०८१ मंसिर २६ बुधबार
शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने

शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम गर्ने


infotainment प्रकाशित मिति : आइतबार, असोज ६ २०८१

हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस बर्षबाट शेर्पा संघ अमेरिकाले आयोजना गर्ने भएको छ शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि दिवसको बारेमा सबै जानकारी दिइएको हो ।

शेर्पा संघ अमेरिकाले सो अवसरमा शेर्पा युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने बताउनुभयो । डिजे डान्स पार्टी कार्यक्रम बर्षिक रुपमा आयोजना हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा बिश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पाले औपचारिक रुपमा प्रमूख अतिथिको रुपमा सहभागी हुने जानकारी दिनुभयो त्यस्तै सल्लाहकार आङ दावा शेर्पाले यो डिजे पार्टी युथ हरुलाई एक रुप्ता ल्याउनका लागि महत्त्वपूर्ण कार्यक्रम भएको र अर्का सल्लाहकार आङ फुरी शेर्पाले युथ हरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पाहरु राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह सुझाव दिनुभएको थियो र बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले जुन गर्न लागेको डिजे पार्टी कार्यक्रम एक एकदमै राम्रो कार्य भएको जिकिर गर्नु भयो विश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस” को रुपमा मनाउदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउनु हुन अनुरोध गर्दै विश्व शेर्पा दिवस विश्व भर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिनुभयो । शेर्पाहरुको युवा पिडीलाई डिजेसँग कार्यक्रमसँग जोड्दै शेर्पा संस्कृतिकलाई दोस्रो जेनेरेसन लाई नयाँ पिडिलाई हस्तान्तरण गर्न शेर्पा संघ अमेरिकाले डिजे सहित शेर्पा कल्चर देखाउने शेर्पा समन्धित नादिङ गीतहरू र बिच बिचमा शेर्पालाई अवश्यक उपायोगी प्रबचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विसुद्ध रुपमा शेर्पा युवा हरुलाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको र यो कार्यक्रम अत्यन्तै सरहणीय भएको बिश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताउनुभयो

बिश्व शेर्पा अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा पनि अक्टोबर ८ कायम गर्न लाई पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिनुभयो साथै ख्यातिप्राप्त नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४:४७ बजे आरोहण गर्नु भई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा फहराउन सफल हुनु भएको छ । कीर्तिमानीको लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा सगरमाथामा चुचरोमा फरफारउनु भएकोमा हर्दिक बधाईसहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामाले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन्। यस डिजे कर्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पा संगै न्यु योर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथदिने बतएका छन शेर्पा युथ हरुलाई एक ठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता भएको मध्य नजर गर्दै अक्टोबर ८ मा डिजे मार्फत मनोरञ्जन सहित डिजे पार्टी कार्यक्रम गर्ने भएको हो शेर्पा संघ अमेरिकाले पहिलो पटक अमेरिकामै इतिहासमा शेर्पा युवा हरुलाइ समेटिएर यो कार्यक्रम गर्न लागेको र यो कर्यक्रम फेम्ली बदभरनमा हुने भएकोले यस कार्यक्रममा सबै ईस्ट्टेबाट जस्तै बोस्टन न्यु हेम्सर कनेटकिटेट न्यु जर्सी टेक्सास नर्थकेर्लीन केलिफोरनिय सेटाल कोलाराडो वसिङटन डिसी बाट सहभागी भएर सबै अविभावक हरुले आफ्नो बाल बच्चा हरुलाई सहभागी गराएर सहयोग गर्न शेर्पा संघ अमेरिकाले अनुरोध गरेको छन शेर्पा संघ अमेरिकाको सलहकार संरकक्ष कर्यसमिती सम्पु्र्णलाई यो कर्यक्रम सफाल भनाउना आअफनो ठॅऊबाट सक्दो सहयोक गर्न अनुरोद गर्दै सम्मेलन को बिसर्जन गर्नुभयो कर्यक्रम शेर्पा संघ अमेरिकाको माहसचिव छिरिङ शेर्पाले अथिति असान ग्रहण गरि सनचालान गरियको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend