Logo २०८१ मंसिर २६ बुधबार
विश्व शेर्पा संघको तर्फबाट नेपालको सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युसँग न्यूयोर्कमा बुझाएको ज्ञापन पत्र यसप्रकार छ

विश्व शेर्पा संघको तर्फबाट नेपालको सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्युसँग न्यूयोर्कमा बुझाएको ज्ञापन पत्र यसप्रकार छ


infotainment प्रकाशित मिति : बुधबार, असोज ९ २०८१

सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू मन्त्री परिषदको कार्यालय, नेपाल सरकार।

बिषय: ज्ञापन पत्र पेश गरेको सम्बन्धमा।

सर्ब प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महासभामा सहभागिता तथा अमेरिका भ्रमण सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ। सम्मानानीय प्रधानमन्त्री के. पि. शर्मा ओली ज्यु अमेरिका भ्रमणमा आउनु भएको यस अवसरलाई उपयोग गरी विश्व शेर्पा संघले सम्मानानीय प्रधानमन्त्री ज्यु समक्ष केही मागहरु राखेर ज्ञापन पत्र पेश गरेको अवगत गराउदछौँ।

१. हालै सोलुखुम्बुको प्राचीन बस्ती थामे गाउँमा हिमताल फुटेर क्षतिग्रस्त घरहरुको तत्काल त्यस ठाउँमा पुनर्निर्माण गर्न मिल्ने वा फेरी पनि खतरा छ भने अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रकृया अगाडि बढाउन अनुरोध गर्दै उक्त प्राचीन गाउँभन्दा माथि तिब्बतसँगको नाङ्पा ल पास नाका पर्दछ। त्यसभन्दा माथि अर्को गाउँ छैन, त्यसैले त्यहाका बसिन्दाहरुले देशको सीमा रक्षकको काम पनि गर्दै आएको छ। त्यो ठाउँ भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर वा याकले दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएको हुँदा घर निर्माण गर्न धेरै महँगो पर्ने भएको हुँदा पूर्ण क्षतिग्रस्त घरहरु नेपाल सरकारले निर्माण गरी सहयोग गरी दिन माग गर्दछौँ।

२ विश्वमा हिमाल र शेर्पा परिपुरकको रुपमा चिनिएको सबैलाई सर्बबिदितै छ। नेपालको पर्बतारोहण पेशामा लागेका आरोही शेर्पाहरुको न्युनतम जीवन बीमा १५ लाख रहेको र उक्त रकम अहिलेको समयमा धेरै कम भएको हुँदा त्यसलाई बढाएर न्युनतम ३० लाखभन्दा माथि पुराउन माग गर्दछौँ। हिमालमा दुर्घट्नामा परेका शेर्पाहरुको बाल बच्चाको शिक्षादिक्षा र रोजगार सरकारले उपलब्ध गराउनु पर्ने माग गर्दछौँ। नेपालको साहसिक पर्बतारोहण पेशामा योगदान पुराई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुराउँदै आएका शेर्पाहरु भबिश्यमा कुनै सुबिधा नभएको र आफ्नो भबिश्य अन्यौल रहेको हुँदा उक्त पेशाबाट पलायन हुने गरेको तर्फ पनि ध्यान आकर्शन गराउदछौँ।

३ नेपालमा बौद्ध धर्मको कतिपय धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्था रहेको हुँदा नेपाल सरकारले त्यस्को सुरक्षा तथा जिर्णोधार गर्न माग गर्दछौँ। ती स्थल तथा प्राचीन संरचनाहरु बुद्ध धर्मसँग सम्बन्धित भएता पनि त्यस्ले समग्र नेपालको पर्यटन बिकासमा ठुलो योगदान पुराएको पनि अवगत गराउदछौँ।

४ नेपालमा प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति रहेतापनि धेरै जसो शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाई नभएको हुँदा त्यसलाई कार्यन्वयन गर्नु पर्ने माग गर्दछौँ। माथिका बिषयहरु कुनै पनि जाति बिशेषको मात्र नभै नेपाल राष्ट्रको दायित्व र कर्तब्य भएको हुँदा सम्मानानीय प्रधानमन्त्री ज्यूले कार्यन्वयनको लागि सम्बन्धित निकायहरुमा निर्देशन दिनु हुन अनुरोध गर्दै तपाईंको कार्यकालमा देशमा शान्ति, दिगो बिकास, भ्रस्टचार नियन्त्रण जस्ता कार्यहरु गर्न सफल रहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौँ

। १ निमा शेर्पा- बरिस्ट उपाध्यक्ष, विश्व शेर्पा संघ २ आङ जाङ्बु शेर्पा-महासचिब, विश्व शेर्पा संघ ३ पसाङ दोर्जी शेर्पा (ए. पि. लामा)- अध्यक्ष, शेर्पा संघ अमेरिका ( सदस्य, विश्व शेर्पा संघ) ४ ई. तेम्बा शेर्पा- अध्यक्ष, शेर्पा किदुग न्युयोर्क अमेरिका ( सदस्य, विश्व शेर्पा संघ) ५ पेम्बा गिर्मे शेर्पा लामा- सचिब, शेर्पा संघ अमेरिका

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend