Logo २०८१ मंसिर २६ बुधबार
सूचना प्रविधि निर्यात क्षेत्रतर्फ कोडावतार टेक प्रालि बन्यो उत्कृष्ट करदाता

सूचना प्रविधि निर्यात क्षेत्रतर्फ कोडावतार टेक प्रालि बन्यो उत्कृष्ट करदाता


infotainment प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१

काठमाडौं– नेपालबाट सूचना प्रविधि निर्यात गर्नेमध्ये कोडावतार टेक प्रालि सबैभन्दा धेरै कर तिर्ने कम्पनी भएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई सम्मान गर्दै कोडावतार टेक प्रालिलाई उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको हो । कम्पनीले सूचना प्रविधि निर्यात क्षेत्रका कम्पनीमध्ये गत आवमा सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान गरिएको हो ।

कोडावतार टेक प्रा.लि.का संस्थापक दिनेश सिलवालले उक्त सम्मान लिएका छन् । यस्तै गत आवमा सबैभन्दा बढी कर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले तिरेको छ ।

एकलौटी फर्ममध्ये सबैभन्दा बढी कर श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानीत भएका छन् ।

यस्तै वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ डाबर नेपाल, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ पतञ्जलि आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ । ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीतर्फ सिडिएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend