Logo २०८१ मंसिर २६ बुधबार
तस्विरमा हेर्नुहोस् ठमेलको टेन एक्स क्लबमा सम्पन्न फेसन गाला नाइट

तस्विरमा हेर्नुहोस् ठमेलको टेन एक्स क्लबमा सम्पन्न फेसन गाला नाइट


infotainment प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१

काठमाडौंको ठमेलमा रहेको टेन एक्स क्लबमा शनिबार राती फेसन गाला नाइट सम्पन्न भएको छ । दर्जन बढी मोडलहरुले बिभिन्न पहिरनमा फेसन शो गरेका थिए । अलिसा शंखरले कोरियोग्राफी गरेको फेसन गाला नाइट भब्यताका साथ सम्पन्न भएको आयोजक संस्था आर.एन.आर.का सिईओ रोशन पुरीले जानकारी दिए । रोशनका अनुसार फेसन गाला नाइट टेन एक्स क्लबमा राती ९ बजेदेखी ११ बजेसम्म चलेको थियो । उक्त कार्यक्रम मार्फत नेपाली कल्चरलाई आर्टको माध्यमबाट विश्व बजारमा पुर्याउने उद्देश्य राखिएको रोशनले जानकारी दिए ।

कार्यक्रममा अतिथिको रुपमा भ्वाइस अफ नेपालका प्रस्तोता सुशिल नेपालको उपस्थिती थियो । सुशिलले टेन एक्स क्लबमा यो किसिमको फेशन शो भएको देख्दा खुसी लागेको बताए । उनले आफू बिभिन्न क्लबमा जाने तर टेन एक्समा पुग्दा थप आत्मियताको आभास हुने बताए । यस्तै टेन एक्स क्लबका सन्चालक नवराज लामिछानेले अन्य समयमा पनि क्लबमा यस्ता किसिमका कार्यक्रम राखिने जानकारी दिए । शोमा टपर मोडलमा अरबिसा थापा परेकी थिइन् । कार्यक्रमको सन्चालन प्रेरणा गिरीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend