Logo २०८१ मंसिर २६ बुधबार
र्याप गीत ‘चिसो चिसो हावाले’ को चर्चा

र्याप गीत ‘चिसो चिसो हावाले’ को चर्चा


infotainment प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१

काठमाडौँ । ¥यापर हाकिम र गायक ब्रिजेश श्रेष्ठले संयुक्त प्रस्तुतीमा तयार भएको ¥याप गीत ‘चिसो चिसो हावाले’ सार्वजनिक गरेका छन् । आज काठमाडौँस्थित जमलमा रहेको विश्वज्योती सिनेप्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको ¥याप गीतको अडियो गायक श्रेष्ठले तयार गरेका हुन् । गीतको भिडियोमा समेत गायक श्रेष्ठ, ¥यापर हाकिम, मोडल युकी, एलिस बहादुर सिंहलगायतले अभिनय गरेका छन् ।
सार्वजनिक गीतले त्रिकोणात्मक प्रेमलाई दर्शाउने गायक श्रेष्ठले बताए । उनले भने,‘गीतमा चिसो हावालाई प्रेम कल्पना गरिएको छ । केही समयको अन्तरालमा ल्याएको यो गीत मलाई मध्यरातमा फुरेको थियो । हाकिम दाईसँग यसको अडियो तयार गरेपछि नेस स्टुडियो र फुजी स्टुडियोले यसको भिडियो परिकल्पना गरेका हुन् । अडियो झैँ भिडियो पनि सशक्त हुनुपर्छ भन्ने लागेर हामीले मेहनत गरेका छौँ ।’गीत सार्वजनिक समारोहमा उपस्थित रहेका ¥यापर गिरिश खतिवडाले ¥यापको माहोल राम्रो बनिरहेको देख्दा खुसी लागेको बताए ।

‘यसरी ¥यापर अगाडी आएर आफूलाई चिनाउदै गीत सार्वजनिक गर्दा निकै खुसी लाग्छ । यो गीत अडियो र भिडियो पनि राम्रो बनेको छ । यस्तै कार्यक्रम गरेर यस्ता गतिविधि बढाउनु पर्छ । अहिलेको नयाँ पुस्ताले समेत ¥यापलाई राम्रोसँग अगाडी बढाएको देख्दा खुसी छु’, ¥यापर खतिवडाले भने । ¥यापर हाकिमले ¥यापरको भेटघाटका लागि पनि यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘हामीले सधै कभर भिडियो बनाएर गीत सार्वजनिक गर्ने गरेका छौँ । आर्थिक अनुकुलता नहुँदा पनि त्यस्तो भएको पाइन्छ, तर यसरी सानै भएपनि कार्यक्रम गर्दा भेटघाटसँगै आत्मियता बढ्छ । एकअर्कासँग सहकार्य गर्ने माहोल बन्छ ।’कार्यक्रममा शुभकामना दिन ¥यापर मानस घले पनि उपस्थित थिए । विवेक मगरको छायाङ्कन र निर्देशन रहेको गीतको भिडियो नेस स्टुडियोमार्फत सार्वजनिक गरिएको छ । ¥यापर हाकिमको ‘राक्षस’,‘चोरीदेउ लौन मलाइ’ र ब्रिजेशको ‘रङ्ग’, ‘ओ मैचा’,‘डल्ली’ लगायतका गीत लोकप्रिय छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend