Logo २०८१ मंसिर २६ बुधबार
क्यानडाबाट बुद्धि अधिकारीले ल्याएको ‘जेजे माग्छौं माग’ को चर्चा

क्यानडाबाट बुद्धि अधिकारीले ल्याएको ‘जेजे माग्छौं माग’ को चर्चा


infotainment प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१

काठमाडौँ । बिगत लामो समयदेखी क्यानडामा बस्दै आएका गायक बुद्धि अधिकारीले नयाँ गीत जेजे माग्छौं माग सार्वजनिक गरेको केहि समयमै युट्युवको संगीत तर्फको ट्रेन्डिङको १८ औं स्थानमा आउन सफल भएको छ । गीतमा बुद्धिसँगै शान्तिश्री परियारको स्वर छ । गीतमा लय, शब्द राजकुमार बगरको रहेको छ भने संगीत संयोजक केशब बडुले गरेका छन् ।

गीतको भिडिओ गायक बुद्धिले आफ्नो युट्युव च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडिओमा मोडल सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभिनय छ । रेशम धर्नालीले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडिओमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ ।

गायक बुद्धिले यस गीतको रेकर्ड क्यानडामै गरिएको जानकारी दिए । ‘यो गीतको मेरो पार्ट मैले यतै क्यानडामै गरेको हुँ । अन्य अडियो र भिडिओको काम नेपालमै भएको हो ।’ बुद्धिले भने । ‘परदेशमा रहेपनि आफ्नो इच्छा छ र आफूमा प्रतिभा छ भने गीत रेकर्ड बाहिरपनि गर्न सकिन्छ भन्ने सन्देश पनि दिन चाहान्छु ।’ गायक बुद्धिले अहिलेको पुस्ता बिशेषगरी धेरै देश बाहिर रहेको र नेपाली गीतसंगीत त्यो पनि मौलिक गीतप्रतिको रुचि घट्दै गएकोले युवापुस्ताको ध्यान यस किसिमका गीतमा जावस् भन्ने सन्देश दिन खोजेको बताएका छन् ।

बुद्धि नेपाली गीतसंगीतमा लामो समयदेखी सक्रिए छन् । सिडी, क्यासेटको समयमा पशुपति क्यासेट सेन्टर सन्चालन गरेका बुद्धिले पछिल्लो समय गीत गायनमा सक्रिएता देखाएका छन् । उनले लोकपप् गीत हुँदै दर्पण छायाँ, घाम पानी, दाउरीसँगै अहिलेसम्म ५ वटा गीतमा स्वर दिइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend