Logo २०८१ चैत्र १२ बुधबार
गोविन्दको रुवाउने जुनेलीमा समीक्षा अधिकारीको स्वर, भिडियोको चर्चा

गोविन्दको रुवाउने जुनेलीमा समीक्षा अधिकारीको स्वर, भिडियोको चर्चा


infotainment प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१

काठमाडौँ । नयाँ गितीकथा ‘जुनेली’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारीको स्वर रहेको गीतीकथा १७ मिनेटको छ । कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको देखिन्छ । गीतमा गोविन्द भट्टका शब्द छन् । गोविन्दले लेखेका शब्द र बाबुल गिरीले भरेको संगीतले मिठास भरेको छ । त्यसमाथी समिक्षाको स्वरले गीतलाई आनन्दीत बनाएको छ ।

भिडिओ १५ मिनेट लामो छ । भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कबिता आले, सुबास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ र जासा घलेले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । देवेन्द्रको निर्देशकिय कलाले भिडिओ राम्रो बनेको देख्न सकिन्छ । उनले भिडिओको बिच बिचमा प्रयोग गरेको गीतले भिडिओ अझ मिठास हुन गएको छ । भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर गरेका छन् । यस्तै भिडिओमा ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गरेका छन् ।

जुनेलीमा गोविन्दले लेखेका शब्द यतिबेला टिकटकमा छरिएका छन् । बिशेषगरी भिडिओ सार्वजनिक अगावै अडियो प्लेफर्मबाटै गीत धेरैले सेयर गरिरहेका छन् । यो देख्दा गोविन्द निकै खुसी छन् । उनले आफूले लेखेका शब्द खोजि खोजि दर्शकले टिकटक बनाएको देख्दा आफूलाई थप उर्जा मिलेको बताएका छन् । साथै गोविन्दले यस गीतका लागी आफूहरुले निकै मिहिनत गरेको बताएका छन् ।

गीतको भिडिओ छायांकनका लागी धादिङको गणेश हिमाल छेउसम्म पुगेको उनी बताउँछन् । गोविन्द्रले लेखेको गाउँले ठिटो गीत अभिनेता राजेश हमालले गाइसकेका छन् । उक्त समयमा त्यो गीतको चर्चा पनि भएको थियो । यस्तै ‘तैंका ठमक’, ‘सानै छ उमेर’, ‘सुन माया’ लगायतका दुईदर्जन गीत उनले लेखिसकेका छन्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend