कुल ब्वायले गरे के. एल टावर पुगेर स्मार्ट पोइन्टको उद्घाटन, उत्साहित छन् व्यबसायी जयराम भण्डारी

काठमाडौँ । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गरेका छन् । काठमाडौँको के.एल. टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्ट फेसन हाउसको शनिबार एक कार्यक्रमका बिच कुलले उद्घाटन गरेका हुन् । डक्टर डेनिमका ब्राण्ड एम्बासडर समेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए । सो अवसरमा कुलले संचालक जयराम भण्डारीको लगनशिलताको पनि खुलेर तारिफ गरेका थिए । अभिनेता समेत रहेका कुलले डक्टर डेनिम लगाएर स्मार्ट बन्न आग्रह गरेका थिए । नेपाली ब्राण्डको एक क्लोथिङ्ग ब्राण्ड हो डक्टर डेनिम । जसले पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्दै आइरहेको । नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ संचालनमा आएको डक्टर डेनिमसँग कुल केही वर्ष रहनेछन् ।
डक्टर डेनिमलाई नेपालको नम्बर एक जेन्ट्स् क्लोथिङ्ग ब्राण्डको रुपमा अगाडी लैजान आफुले भरपुर मेहनत गर्ने कुलले बताए । सो अवसरमा स्मार्ट पोइन्ट फेसन हाउसका संचालन जयराम भण्डारीले आफ्नो पसल केएल टावरमा रहेको भएता पनि सामानहरु सस्तो मूल्यमा पाइने बताए । ब्यबसायको क्षेत्रमा करिब १ दशकदेखि लागी पर्दै आएका एद्यमी भण्डारीले आम दर्शकलाई एक पटक स्मार्ट पोइन्टको भिजिट गर्नका लागि सबैकमा अपिल गरेका छन् ।
भण्डारीले आँफुले ब्यबसायको क्षेत्रलाई निकै नै आशालाग्दो क्षेत्र भएका कारण लामो समयदेखि यही क्षेत्रमा लागिपरिरहेको दोहोर्याए । त्यस्तै स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले आम दर्शकका लागि भनेर नयाँ शैलीमा स्मार्ट पोइन्ट संचालनमा ल्याइएको बताइन् । सो अवसरमा गायक तथा संगीतकार दीपक चौलागाईले संचालक जयरामको मुक्तथकण्ठले तारिफ गरेका थिए । उनले आफ्नो गीत मार्फत सँधै दत्तचित्त भएर लाग्न पनि शुभकामना दिएका थिए । सँधै सकारात्मक सोचौँ भन्ने मूल नारासहित संचालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित संचारकर्मीलाई पनि आफ्नो ब्राण्डका सामाग्रीहरु दिएर सम्मान गरेको थियो । त्यस्तै अफरका रुपमा आगामी ९ गतेसम्म स्मार्ट पोइन्टमा पुग्ने ग्राहकलाई विशेष गिफ्ट ह्याम्परको पनि व्यबस्था गरिएको स्मार्ट पोइन्ट फेसन हाउसकी प्रोपाइटर मेनुका दानीले जानकारी दिइन् ।