गायक स्वरूपराज आचार्यको ‘मैले बुनेका रहर’मा कुसुम

काठमाडौँ । गायक स्वरूपराज आचार्यको सुमधुर स्वर रहेको गीत ‘मैले बुनेका रहर’ सार्वजनिक गरिएको छ । सुवास कुमार लम्सालको शब्द, राम कार्कीको सङ्गीत तथा एरेन्ज गीतमा छ । गीतको म्युजिक भिडियोमा भुवन के। पोखरेल, कुसुम शर्मा, गोपीकृष्ण चापागाईं, श्रीधर खनाल, र मान्शी शर्माको अभिनय छ । भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन् भने क्यामेरा तथा सम्पादन प्रवेश पोखरेलको छ । भिडियोमा प्रेम र जीवनका भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा राखेको संगीतकार कार्कीले बताए ।