Logo २०८२ जेष्ठ ८ बुधबार
अराजक राजावादी आन्दोलनका क्रममा पत्रकार रजकसहित दुईको मृत्यु, १५ सुरक्षाकर्मी घाइते

अराजक राजावादी आन्दोलनका क्रममा पत्रकार रजकसहित दुईको मृत्यु, १५ सुरक्षाकर्मी घाइते


infotainment प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०८१

काठमाडौं। तीनकुने क्षेत्रमा शुक्रबार भएको अराजक राजावादी प्रदर्शनका क्रममा दुईको मृत्यु भएको छ । प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक भवनमा आगजनी गरेपछि सो भवनको छतमा रहेको एभिन्यूज टिभीका पत्रकार सुरेश रजकको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनले भिडियो खिचिरहेका बेला आगोमा परी ज्यान गुमाएका हुन्। त्यस्तै राजावादी प्रदर्शनका क्रममा गोली लागेका एक युवकको उपचारको क्रममा मृत्यु भएको पनि जनाइएको छ। कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जनको घाँटीमा गोली लागेको थियो । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो।

गृहमन्त्रालयका अनुसार, सो प्रदर्शनका क्रममा झडपमा १५ सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शनकारी पक्षबाट दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend