Logo २०८१ बैशाख १८ मंगलबार
सामसुङ ग्यालेक्सी एम३१ को ८ जीवी -याम भेरियन्ट सार्वजनिक, यस्ता छन् फिचर्स र मूल्य

सामसुङ ग्यालेक्सी एम३१ को ८ जीवी -याम भेरियन्ट सार्वजनिक, यस्ता छन् फिचर्स र मूल्य


infotainment प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

काठमाडौं, १७ जेठ । सामसुङ ग्यालेक्सी एम३१ (Samsung Galaxy M31) को ८ जीवी ¥याम भेरियन्ट विना कुनै जानकारी सामसुङ इन्डियाको वेबसाइटमा लिस्ट गरिएको छ । यस नयाँ ¥याम अप्सनको साथमा १२८ जीवी इन्टरनल मेमोरी दिइएको छ ।

तपाईलाई यो पनि जानकारी गराउन चाहन्छौं कि, यसै वर्षको फेब्रुअरीमा ग्यालेक्सी एम३१ को ६ जीवी -याम अप्सन र ६४ जीवी र १२८ जीवी वाला दुई स्टोरेज अप्सनमा सार्वजनिक गरिसकेको छ । भारतमा यी दुई स्मार्टफोनको बजारमा मूल्य क्रमशः १६,९९९ भारु र १७,९९९ भारु तोकिएको छ ।

त्यस्तै, भारतमा भर्खरै सार्वजनिक गरिएको ग्यालेक्सी एम३१ को ८ जीवी -याम र १२८ जीवी स्टोरेजवाला भेरियन्टको बजार मूल्य १९,९९९ भारु तोकिएको छ । यस स्मार्टफोनलाई आधिकारिक रुपमा सामसुङ इन्डिया वेबसाइटमा लिस्ट गरिएको हो ।

यसमा नोटिफाई मि अप्सन दिइएको छ । तर, यस स्मार्टफोन विक्री वितरण भने सुरु गरिएको छैन । कहिलेबाट बजारमा विक्री विरतण सुरु हुन्छ ? भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।

यस स्मार्टफोनको भारतमा विक्री विरतण सुरु हुने वित्तिकै नेपाली बजारमा पनि उपलब्ध हुने जनाइएको छ ।

यस स्मार्टफोनमा ६.४ इञ्चको एफएचडी प्लस अमोलेड इन्फिनिटी यू डिस्प्ले दिइएको छ । त्यस्तै, यसमा Exynos 9611 प्रोसेसर दिइएको छ । यसले एन्ड्रोइड १० बेस्ड One UI 2.0 मा काम गर्नेछ ।

यस स्मार्टफोनको रियरमा क्वाड क्यामेरा सेटअप दिइएको छ । यसको प्राइमरी क्यामेरा ६४ मेगापिक्सलको दिइएको छ । त्यस्तै, ८ मेगापिक्सलको अल्ट्रावाइड एङ्गल क्यामेरा, ५ मेगापिक्सलको डेप्थ क्यामेरा र अर्को ५ मेगापिक्सलको माइक्रो क्यामेरा दिइएको छ ।

सेल्फीका लागि यसमा ३२ मेगापिक्सलको क्यामेरा दिइएको छ । यसको रियरमा फिङ्गर प्रिन्ट सेन्सर दिइएको छ । ग्यालेक्सी एम३१ मा 6,000mAh को ब्याट्री दिइएको छ । साथमा १८ वाटको फास्ट चार्जिङ सपोर्ट पनि दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend