नयाँ बानेश्वरमा शुक्रबार पनि एमसीसीविरुद्ध प्रदर्शन (तस्वीर)
काठमाडौं । विभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध शुक्रबार पनि प्रर्दशन गरेका छन् ।
एमसीसी मुलुकको हित विपरित रहेको भन्दै उनीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसअघिको तुलनामा शुक्रबार बानेश्वरमा झडपको अवस्था भने आएन ।
यद्दपी प्रदर्शनका कारण केहिबेर सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको थियो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद रहेको छ । सत्तारुढ दलमध्यो नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा रहेका छ ।
अन्य दल नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (एस), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एमससीसी संशोधन गरेर अनुमोदन गर्ने पक्षमा रहेका छन् ।