Logo २०८१ चैत्र १२ बुधबार
सर्वोच्चद्वारा क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा क्रिकेटर लामिछानेलाई अन्तरिम आदेश दिन अस्वीकार


infotainment प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अन्तरिम आदेश नदिएर आगामी आइतबार लामिछानेका विषयमा सरकारी र लामिछानेको निवेदन एकै साथ पेस गर्न आदेश दिएको जानकारी दिए ।

आदेशमा भनिएको छ, “उच्च अदालतको आदेश उपर यस अदालतको संयुक्त इजलासमा सुनुवाइ प्रक्रिया विचाराधीन रहेको अवस्थामा सो प्रतिवेदन उपरको सुनुवाइ कार्य बाँकी राखेर अहिले प्रतिवादी सन्दीप लामिछानेको मागअनुसार यस एकल इजलासबाट कुनै आदेश जारी गर्नु मनासिव देखिएन । उही एउटै मुद्दामा वादी प्रतिवादी दुवै पक्षको निवेदन पर्न आएको हुँदा दुवै निवेदनउपर एकै साथ सुनुवाइ हुन आवश्यक देखिन्छ ।”

सर्वोच्च अदालतमा सन्दीप लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि रहेको छ । आदेशमा आगामी हप्ता नै खेलिने अन्तर्राष्ट्रि«य क्रिकेट खेलसँग सम्बन्धित विषय देखिएको र उल्लिखित निवेदन उपरको सुनुवाइ ढिलाइ हुन गएमा निवेदनको मूल प्रयोजन नै समाप्त हुन जानेसमेत देखिएको उल्लेख गरिएको छ । लामिछानेले विदेशमा खेल्न जान दिनुपर्ने माग राखी रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend