Logo २०८१ बैशाख ६ बिहिबार
गायक वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’ चर्चामा

गायक वाङछिरीङ भोटियाको ‘बर्दिवासको घाम’ चर्चामा


infotainment प्रकाशित मिति : मंगलबार, चैत्र २१ २०७९

काठमाडौँ । बर्दिवासको घाम बोलको गितमा युवा युवा गायक वाङ छिरीङ भोटियाले सांगितिक फाँटमा अर्को सफलता प्राप्त गरेकाछन् । संखुवासभा भोटखोलका गायक भोटियाले एक पछि अर्को सफलता प्राप्त गर्दे गएका छन् । सानै उमेर देखि सांगितिक फाँटमा लागेका उन्ले थुप्रै गीतमा स्वर दिई सेकाछन् । पछिल्लो गित बर्दिवासको घाम उन्को निकै चर्कीएको छ । पूर्व–पश्चिमको मायाँलाई जोड्दै उक्त भिडियोमा कलाकारहरुले आफ्नो पर्फम जादूगर रुपमा पस्केकाछन् ।

लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको यो बर्दिवासको घाम बोलको लोकगितको भिडियो सार्वजनिक गरीए पछि चर्चा पनि पाउन थालेको छ । अर्जुन पोख्रेलको शब्द, संगित, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकीन्छ । भिडियोमा प्रथम ,नग्मा, लक्ष्मी र अमर गज्जबसंग खुलेकाछन् । जहाँ बैशालु उमेरका साथिभाईसंग घुम्दै रमाईलोमा बिताउने समय र प्रेमलाई निर्देशक क्षेत्रीले देखाउन खोजकाछन् ।

डान्सिङशैलीको भिडियोबाट राम्रो प्रतिक्रिया आई रहेको निर्माण युनिटले जनाएको छ । नरेश बीबीसीको मिक्सिङ र मास्टरीङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन र मिन रावलको सम्पादन रहेको छ । सम्पादक रावलले म्युजिक भिडियो सम्पादनबाट पाएको अवसरलाई नेपाली म्युजिक भिडियो क्षेत्रलाई बिकास र सुदृढ गर्ने कार्यमा सदुपयोग गरी रहेकाछन् ।

सन्देशमुलक भिडियो सम्पादकको रुपमा आफ्नो राम्रो पहिचान पनि बनाएकाछन् । तर, यति मिठो स्वरका धनि गायक वाङछिरीङ भोटियालागि अर्को एल्वम र गीत रेकर्ड गर्नु चुनौति बन्ने देखिन्छ । कीन भने स्रोता र दर्शकले रुचाएका कारण उन्ले अर्को गीतको तयारी गर्नु पर्ने देखिन्छ । किन भने समय र दर्शकले उन्लाई साथ दिएको दखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend