Logo २०८१ बैशाख २१ शुक्रबार
निता र पष्कर शाहको ‘चुप चाप’को चर्चा

निता र पष्कर शाहको ‘चुप चाप’को चर्चा


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०

काठमाडौं । विश्व साइकल यात्री पुस्कर शाहको नयाँ गीत ‘चुप चाप’ सार्वजनिक भएसँगै चर्चा चुलीएको छ । पुस्कर शाहको शब्दमा गायिका निता आचार्यको स्वर तथा शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोतारदर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । नेपालबाहिर अमेरिकामा बस्दै आउनुभएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend