Logo २०८१ बैशाख १९ बुधबार
राजेश हमाल नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बास्डर बनेसँगै सर्वत्र चर्चा

राजेश हमाल नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्ट्यान्सीको ब्रान्ड एम्बास्डर बनेसँगै सर्वत्र चर्चा


infotainment प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१

काठमाडौँ । अभिनेता राजेश हमाल पछिल्ला दिनमा देश विदेशमा हुने विभिन्न कार्यक्रम तथा म्यूजिक भिडियो र विज्ञापनहरुमा व्यस्त छन् । नयाँ वर्ष २०८४ मा फिल्ममा देख्न पाउने बताएका हमालले बुधबार बबरमहलमा घोडामा चढेर एउटा ट्राफिक सचेतना मुलक टीभी बिज्ञापनमा अभिनय गरे । अभिनेता हमाल क्यानाडा अध्ध्ययनको लागि गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै उनले १ वर्षसम्म गोरेटो कन्सल्ट्यान्सीका विभिन्न पेजेक्टमा काम गर्ने प्रबन्ध निर्देशक धिरज कंडेलले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा राजेश स्वयम विश्वस्त देखिएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत यो बिज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभाकारी हुनेमा आँफु विश्वस्त रहेको कंडेलले राजेश हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि जनाएका छन्। जसको निर्देशन चर्चित म्यूजिक भिडियो निर्देशक देबेन्द्र पाण्डेले गरेका हुन् ।

अभिनेता हमाल स्वयम पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक वौद्धिक व्यक्तित्व भएका कारण उनको यो विज्ञापन प्रभावकारी बन्ने अर्का एड्भाइजर राम खड्काले बताए । खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताकोरुपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरु गर्ने बताए । त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन्। क्यानाडाले हालसालै अन्तर्रराष्ट्रिय विद्धयार्थी लक्षित केहि नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरुको क्यानाडा बसाइ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन्, आँफु डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्रराष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानाडा जस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केहि गर्नका लागि युवाहरुलाई अनुरोध गरेका छन्। महानायक हमालले १ वर्षसम्म गोरेटोसँग जोडिएर काम गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend