Logo २०८१ जेष्ठ ५ शनिबार
लकडाउनका बीच पनि रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को काम हुँदै !

लकडाउनका बीच पनि रणवीर-आलियाको ‘ब्रह्मास्त्र’को काम हुँदै !


infotainment प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७

काठमाडौं, २४ बैशाख । अयान मुखर्जीको महत्वकांक्षी फिल्म ‘ब्रह्मास्त्र’लाई लिएर जबरदस्त बज बनिरहेको छ ।

कोरोना भाइरसको महामारीका कारण कैयौं फिल्महरुको कामहरु स्थगित भएका छन् । तर, अयान मुखर्जीको ‘ब्रह्मास्त्र’को काम भने रोकिएको छैन ।

जानकारी अनुसार ‘ब्रह्मास्त्र’ फिल्मको विशेष तयारी लण्डनमा भइरहेको छ । ‘मिड डे’का अनुसार ‘ब्रह्मास्त्र’को भीएफएक्सको काम लण्डनमा भइरहेको छ ।

अयान मुखर्जीले लण्डनको एक स्टुडियोलाई फिल्मको भीएफएक्सको काम पूरा गर्ने जिम्मा लगाएका छन् ।

अयान मुखर्जीलाई आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ लिक हुन्छ कि भन्ने डर पनि छ । जसको लागि उनले एउटा टिम गठन गरेका छन्, जसले फिल्म पाइरेसी हुनबाट जोगाउनेछ ।

कोरोना भाइरसको प्रकोप बढेसँगै फिल्मको बजेडमा पनि असर गरेको जनाइएको छ । यसैबीच कलाकारहरुलाई पनि केही कम पारिश्रमिक दिने निर्णय गरिएको बताइएको थियो । तर, करण जोहरले उक्त खबर गलत भएको बताएका छन् ।

यो फिल्ममा रणवीर कपुर र आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रायलगायत मुख्य भूमिकामा छन् । यो फिल्मलाई कयौं भाषामा डब गरिने जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend